काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’bout पार्टीकै कार्यदलले दिएको प्रतिवेदन तथा ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाही’bout छलफल गर्न बोलाइएको सो बैठकले दुईवटै विषयमा कुनै निर्णय गर्न नसकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साढे तीन घन्टा बढी समयसम्म बैठक बसे पनि प्रमुख एजेन्डा’bout कुनै निर्णय हुन नसकेको नेताले बताएका छन् ।
नेकपा उपाध्यक्ष वामदेव गौतमले बैठकले कुनै निर्णय नगरेको बताए । बैठक सुरु भएसँगै वरिष्ठ नेता एवं कार्यदलका संयोजक झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रतिवेदन’bout जानकारी गराए । ‘बैठकमा कार्यदलका तर्फबाट ब्रिफिङ भयो । एमसीसीको प्रतिवेदनमा गम्भीर र आपत्तिजनक विषय रहेको कुरा आएको छ,’ गौतमले भने, ‘त्यो सुनेपछि बहुसंख्यक सचिवालय सदस्यहरू एमसीसी’bout थप अध्ययन हुनुपर्ने निष्कर्षमा पुग्नुभएको छ ।’
एमसीसीसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन सचिवालय सदस्यले अध्ययन गरेपछि अर्को बैठकबाट निर्णय गरिने उनले बताए । बैठकमा सचिवालयका सबै सदस्यलाई प्रतिवेदन अध्ययन गर्न प्रतिलिपि उपलब्ध गराइएको छ । बैठकमा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सबै सहभागी थिए ।
एमसीसी’bout नेकपाले गठन गरेको कार्यदलले शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । वरिष्ठ नेता खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली सदस्य थिए ।
त्यस्तै, बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री पदबाट राजीनामा दिएका नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा बैठकले केही निर्णय गरेन ।
कमिसन प्रकरणसम्बन्धी गत बिहीबार राजीनामा गरेका बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो निगरानीमा राखेको छ । उनले राजीनामा दिएकै दिन अख्तियारले मन्त्रालय र उनको सचिवालयबाट त्यससम्बन्धी महŒवपूर्ण काजगात आफ्नो नियन्त्रणमा लिइसकेको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि सरकारकै निकायले अनुसन्धान जारी राखेकाले पार्टीले कुनै कारबाही गर्न जरुरी नरहेको बताएका थिए ।
यसैगरी, नेकपाले सञ्चालन गर्ने राष्ट्रिय अभियान, पार्टी एकताका बाँकी काम टुंगो लगाउनेलगायत विषयमा बैठकमा केही छलफल भएन । हालै सम्पन्न केन्द्रीय कमिटी बैठले राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्तै, पार्टी एकताको लामो समय बिते पनि अहिलेसम्म विभागहरूले पूर्णता पाएका छैनन् ।






