Monday, July 26, 2021
HomeEditor-Picksयो साता विदेशमा थप १ हजार बढी नेपालीमा संक्रमण

यो साता विदेशमा थप १ हजार बढी नेपालीमा संक्रमण

,
sharethis

लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन् ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत साता सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपालका कोरोना मुक्त हुनेको संख्या बढ्यो
कोरोना भाइरसका कारण नेपालका संक्रमण हुने मध्ये कोरोना मुक्त हुनेहरुको संख्यामा बृद्धि भएको छ । गत हप्ता कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकोमा यो साता कुल संक्रमितको ७६ दशमलव ९ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो साता नेपालमा मात्र १ लाख ७० हजार ७ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ३१ हजार २ सय २२ जना कोरोना मुक्त भएका छन । शनिवार साँझ सम्म नेपालमा ९ सय ३७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

अनावश्यक यात्रा नगरौं
गैरआवासीय नेपाली संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।

१ लाख २६ हजार जनाको उद्धार
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हाल सम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

झलनाख खनालको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन

  काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी भएको भन्दै भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गराएको...

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

  सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको...

महिला टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ...

बेड नम्बर ३०५ मा जीवन खाेज्दैछिन् ‘चम्सुरी’

  काठमाडौं । बाटुलो अनुहार । पुक्क गाला । रातो गोलो ठूलो टीका र गुन्युचोली । ‘चम्सुरी’ सम्झिनेबित्तिकै यिनै छवि आँखामा नाच्न थाल्छन् । टेलिभिजन...

ट्रेन्डिङ

साख गिराउँदै स्थानीय तह

नेपालको संविधानअनुसार संघीय राज्यप्रणालीमा स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार हुन् । जनताले नजिकबाट चियाउने निकाय पनि यिनै हुन् । यसैकारण यी तह जनताबाट...

सीमामा अलपत्र नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्नु पर्ने चित्र बहादुर केसीकाे माग

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)