अमेरिकामा राष्ट्रकविको सम्झना

काठमाडौं । एक विशेष कार्यक्रमको आयोजना गर्दै अमेरिकामा रहेका नेपाली साहित्यकारहरूले राष्ट्रकवि माधव घिमिरेलाई सम्झिएका छन् । राष्ट्रकविको ४५औं दिनको पुण्यतिथि पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा राष्ट्रकविको सम्झनास्वरूप कार्यक्रम गरेको हो । राष्ट्रकवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा विश्वभरका विभिन्न सर्जकहरूले राष्ट्रकविप्रति श्रद्धाभाव व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रकविसँगको सानिध्यताको वर्णन गरेर साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्ष गीता खत्रीद्वारा लिखित गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । अग्रज साहित्यकार दिनेश अधिकारीले राष्ट्रकविसँगको सम्झना प्रस्तुत गर्दै नेपाली साहित्यमा घिमिरेको योगदानको चर्चा गरे । अधिकारीले भने, ‘सय वर्षको उमेरमा महाकाव्य लेख्ने कवि सम्भवतः घिमिरे मात्र हुनुहुन्छ ।’

गीतकार गीता खत्रीको गीति लेखनको चर्चा गर्दै कवि अधिकारीले विदेशमा बसेर साहित्य सिर्जना गर्नु आफंैमा ठूलो कुरा भएको बताए । गीतकार खत्रीले राष्ट्रकविप्रति आफ्नो गीति सिर्जना समर्पण गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले राष्ट्रकविसँगका भेटका क्षण’bout स्मरण सुनाए । कार्यक्रममा राष्ट्रकविकी सुपुत्री साहित्यकार ज्योति पौडेलले आफ्ना पितालाई अनेसासले सम्झना गरेकोमा आभार व्यक्त गरिन् ।

अनेसासका महासचिव सर्वज्ञ वाग्लेले कार्यक्रमको उद्देश्य’bout प्रकाश पारे । कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, अनेसासका सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम, सुमलकुमार गुरुङ, अनेसास बीओटीका पूर्वउपाध्यक्ष रोहिणी शर्मा, अनेसास बीओटीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’, सदस्य तीर्थ अधिकारी, अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष तीर्थसंगम राई, पोल्यान्ड च्याप्टरका अध्यक्ष सुसन परियार ‘विसर्जन’, संगीतकार राजु सिंह, गायिका सरिता शाहीलगायतले राष्ट्रकवि घिमिरे तथा गीतकार गीता खत्रीको गीति सिर्जनाका ’boutमा आफ्नो भनाइ राखे । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाले गीतकार खत्रीको परिचय प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह