जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

सांकेतिक तस्वीर

इटहरी । जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ मा एक महिलालाई जबरजस्ती करणी गरी रकम समेत लुटपाट गरेको आरोपका फरार प्रतिबादी एकजनालाई प्रहरीे पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ५ को सार्वजनिक बाटोमा बर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरी नगद ५७ हजार पाँच सय रकम समेत लुटेको घटनाका फरार प्रतिवादी ३६ बर्षीय सुमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा निजलाई सुनसरी जिल्ला अदालतवाट १० बर्ष कैद सजाय फैसला भएको थियो । फरार रहेका अभियुक्त चौधरीलाई गत १६ गते इटहरी प्रहरीको टोलीले लुकिछिपी हिडेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएको जनाएको छ ।

त्यस्तै, ९ बर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । गत १३ गते स्थानीय एक बालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गर्ने धनकुटाका बुद्धे राईलाई इटहरी १९ तरहराबाट प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार धनकुटाको महाभारत गाउँपालिका ४ आस्को घर भएको र हाल सुनसरीको इटहरी १९ तरहरास्थित ससुराली घरमा बसोबास गर्दै आएका ५० बर्षीय राईलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा