राजपाका सचेतक साह र धनुषाका सीडीओलाई कोरोना संक्रमण

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का सचेतक परमेश्वर साह र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनयता रुघाखोकीले ग्रस्त बनेका साहको स्वाब परीक्षण गर्दासंक्रमण पुष्टि भएको हो । त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई रुघाखोकी र शरीर दुखेपछि पीसीआर गराउँदा उनको पनि रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमण पुष्टि भएलगत्तै सचेतक साह होम आइसोलेसनमा छन् । आफ्नो स्वास्थ्यमा अहिले खासै समस्या नरहेको उनको भनाइ छ ।
त्यस्तै भट्टराई पनि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार