लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।

लेष्टरको जितमा युरी टिलेमन्सले दुई गोल गर्दा हार्भे बार्न्स र जेमी भार्डीले एक एक गोल गरे । पराजित टोली लिड्सका स्टुवार्ट डालसले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा फुल्हमाले वेष्ट ब्रोमलाई २–० ले पराजित ग-यो । यसै सिजनमा प्रिमियर डिभिजनमा फर्किएको फुल्हमका लागि जारी लिगमा यो पहिलो जित हो । यसअघिका ६ खेलमा फुल्हमले एक बराबरी तथा ५ हार वेहोरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित