Friday, April 23, 2021
Home Not-to-be-missed ओए काजलले मोडलिङमा व्यस्त बनायो चक्रलाई

ओए काजलले मोडलिङमा व्यस्त बनायो चक्रलाई

,

काठमाडौं । गायक चक्र बमलाई पछिल्लो एउटा गीतले व्यस्त मोडल बनाइदिएको छ । एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङको प्रस्ताव आउन थालेपछि उनले केही समय यताबाट नयाँ गीत रेकर्डिङको लागि समय पनि निकाल्न सकेका छैनन् ।

यी गायकको तीन महिनाअघि मात्र ‘ओए काजल नजर लागली।।।’ गीत आएको थियो । सामाजिक सञ्जालदेखि मिडियासम्ममा भाइरल भएको उनको यो गीत अहिले पनि त्यत्तिकै चलेको छ । यो गीतमा चक्र बम आफैंले मोडलिङ गरेका छन् । यो गीत जति मिठो थियो । गीतको भिडियोमा चक्रको अभिनयलाई पनि दर्शकले त्यत्तिकै मन पराए । यतिबेलासम्म यो गीतलाई सामाजिक सञ्जाल युट्युबमा दर्शकले डेढ करोडपटक हेरिसकेका छन् ।

अभिनेता पुष्प खड्कासँग यी गायक चक्र बमले अभिनय गरेको शिव हमालको नयाँ गीत निरमाया।।।को भिडियो मंगलबार मात्र रिलिज भयो । सो रिलिज समारोहमा राजधानीसँग गफिँदै चक्रले भने, ‘मेरो गीत ओए काजल।।को भिडियो हेरेपछि शिव हमाल दाइले मलाई उहाँको गीत झुम्का झलक्कैमा मोडलिङको प्रस्तवा राख्नुभयो । गीत गाउने प्रस्ताव आउँछ भनेको त मोडलिङ गर्ने प्रस्ताव पो आयो ।’ एकछिन हाँसेपछि उनले सुनाए, ‘मेरो अभिनय र नृत्य उहाँहरूलाई मन परेर प्रस्ताव गर्नु भएपछि मैले त्यो भिडियोमा काम गरें । त्यसपछि त लगातार म्युजिक भिडियोमा मोडलिङ गर्ने प्रस्ताव आइरहेको छ र मैले मोडलिङ गरिरहेको छु ।’

ओए काजल बजारमा आउनुभन्दा अघि पनि चक्रले थुप्रै गीत गाइसकेका छन् । उनले विभिन्न म्युजिक भिडियोमा मोडलिङ पनि गरेका छन् । ओए काजलभन्दा अघिल्लो आफ्नो आइटम गीत नाच मेरी झुमा।।।मा उनले मोडल करिश्मा ढकालको नृत्यलाई महŒव दिएका थिए । जसमा उनले पनि मोडलिङ गरेका थिए । तर, त्यो गीतबाट करिश्माले चर्चा कमाइन् । यतिबेला ओए काजलले आफूलाई गायनभन्दा मोडलिङमा व्यस्त बनाएपछि प्रस्ताव आएका गीतमा मोडलिङ गरिरहेको चक्रले बताए ।

आफूलाई एकपछि अर्कोमा लगातार मोडलिङको प्रस्ताव आएपछि अब चक्रले राम्रो गीत र टिम छानेर मात्र अभिनय गर्ने सोच बनाएका छन् । आफू गायक भएकाले गायनलाई पनि सँगै अघि बढाउने यी गायकले बताए । सुदूरपश्चिमका भाकालाई नेपाली लवजमा गाउन गरेकाले पनि चक्रका गीतहरू दर्शकले बढी रुचाएका छन् । ओए काजलभन्दा अघि चक्रका मोया लोइ।।।, दारु सड्काउने।।।, जाँडको झोलमा।।सहित थुप्रै गीतहरू चर्चामा आइसकेका छन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर ।  यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

ट्रेन्डिङ

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु

धनगढी । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको आज बुधबार विहान मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट आएका कैलाली गौरीगंगा नगरपालिका...

सप्तरीमा कोरोना संक्रमितको संख्या २९ पुग्यो

सप्तरी राजविराज । सप्तरीमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या २९ पुगेको छ । पछिल्लो पटक थपिएका...

प्रदेश सरकारद्वारा थप १ हजार ५ सय भिटिएम प्रदान

सप्तरी । कोरोना भाइरसको परिक्षणलाई तिब्र बनाउन आवश्यक भिटिएम (स्वाब राख्ने भाडो) को अभाव भई समस्या भइरहेका बेला प्रदेश २ सरकारले थप १ हजार...

बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता

काठमाडाैं । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको...

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

मन्त्री भएपछि सुरूमा आत्तिएँ : कृषिमन्त्री भुसाल

भैरहवा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

एक महिनामै ११४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको...

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु

जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ...

मेलिना राईको गीतमा दयाहाङ र बिमलाको जीवन्त अभिनय

काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत 'आउन माया'को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको...

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)