काठमाडौं । चलचित्रका कलाकारहरूका लागि कतै जानुप¥यो भने तत्काल मेकअप गर्न सुविधा सम्पन्न मेकअप स्टुडियो यस अघि थिएन । कतिपय फिल्मको विशेष मेकअप गर्नुप¥यो भने पनि नेपालमा सुविधा सम्पन्न मेकअप स्टुडियो थिएन । तर, यतिबेला अग्रज मेकअप सन्तु तामाङ र श्याम बरालले यो समस्यालाई समाधान गर्न काठमाडौंकै संभवत पहिलो फिल्म मेकअप स्टुडियो सञ्चालनमा ल्याएका छन् ।
करिब ४० लाखको लागतमा यी मेकअप आर्टिस्टद्वयले काठमाडौंको अनामनगरमा यो स्टुडियो सञ्चालनमा ल्याएका हुन् । केही दिनअघि अभिनेत्री करिश्मा मानन्धर र अग्रज चरित्र अभिनेता सुनिल थापाले उद्घाटन गरेको यो स्टुडियो खुलेपछि आजकाल कलाकारहरूलाई सजिलो भएको छ ।
यो स्टुडियो खोल्नुको कारण’bout श्याम बरालले भने, ‘तीन दशक लामो फिल्मी यात्रामा सन्तु दाइ र मैले धेरै फिल्ममा काम ग¥यौं । तर, नेपालमा एउटा पनि फिल्म मेकअप स्टुडियो नभएको कलाकारहरूको गुनासो आएपछि त्यही गुनासोलाई ध्यानमा राखेर यो स्टुडियो खोलेकोे हुँ,’ उनले अगाडि थपे, ‘यो स्टुडियो खुलेपछि कलाकारहरूलाई फिल्मसहित विभिन्न कार्यक्रममा जानको लागि तत्काल यहाँ आएर मेकअप गर्न सजिलो भएको छ ।’
यो स्टुडियो’bout सन्तुले भने, ‘नेपाली फिल्ममा मेकअप आर्टिस्ट भएर काम गरेको ३५ वर्ष पुगेछ । सधंै अर्काको मात्र काम गरेर बस्दा आउँदा दिनमा आफ्नो केही नहुने भएकाले हामी दुई जनाले यो स्टुडियो खोलेका हौं ।’
स्टुडियोमा सलुन, मेकअपदेखि ब्युटी सम्बन्ध सबै सुविधा रहेको पनि यी दुई जनाले जानकारी गराए । नेपाली फिल्ममा मेकअप आर्टिस्ट पठाउनेदेखि घरमै गएर मेकअप गरिदिन जस्ता विभिन्न सुविधाहरू पनि आफूहरूले प्रदान गर्न थालेको पनि यी दुईले बताए ।
नेपालमा कोरोना संक्रमणसँगै लकडाउनलगायत विभिन्न कारणले यी दुई जना लामो समय घर बस्नुप¥यो । जसका कारण उनीहरूलाई बेरोजगारीको महसुस भयो । यो कोरोना संक्रमण अझ केही समय जाने र आफूहरू यही अवस्थामा रहने हो भने भोकै बस्नुपर्ने अवस्था देखेकाले यो स्टुडियो सुरु गरेको श्यामले स्पष्ट पारे ।
अहिलेको अवस्थामा पनि स्टुडियो राम्रो चलेको र कलाकारदेखि सर्वसाधारणहरूलाई आफूहरूले स्तरीय सुविधा दिन सकेको पनि उनीहरूले बताए । यो स्टुडियोले विदेशका आएका सेलिब्रेटीदेखि फिल्म, टेली फिल्म तथा विभिन्न कार्यक्रमलाई पनि अन्तर्राष्ट्रिय स्तरको मेकअपसम्बन्धी सुविधा दिने तयारी गरिरहेको पनि यी दुईले जानकारी गराए ।






