दशकदेखि खानेपानी अभाव रहेको काकाकुुल गाउँमा डीपवोरीङबाट पानी

इलाम । इलाम नगरपालिका ११ की ७० वर्षीया टिका पराजुली २०३२ सालमा विवाह गरेर झापाबाट इलामको सोयाक आउँदा दैनिक एक घण्टा गाग्रीमा खानेपानी वोक्नुुपरेपछि दुखी बनेको बताउँछिन् । झापामा हुँदा घरमै भएको पानी प्रयोग गरेकी उनी आफ्नो घरमा घण्टौ खानेपानी बोक्नुपर्ने कुरा उनका बुुबा आमालाई सुनाउँदा छोरीलाई दुखको ढाउँमा दिईएछ भनेर रुवा वासीनै चलेको उनी बताउँछिन् । उनी ७० वर्षको हुुँदा पानी बोक्नु बाध्यता हटेको र घरमै खानेपानीको धारा आएपछि खुसी छिन् ।

इनपा ११ कै नरेन्द्र प्रसाद आचार्य पानीको दुख भएपछि आजभन्दा १० वर्ष पहिले बँसाईसरेर ब्याँसीमा गएर बसे । उनकोघर बामघ एक घण्टा तल आफ्नै ब्याँसीमा दश वर्ष पहिले बँसाईसरेका आचार्य पहिलेको ठाउँमा खानेपानी आएपछि पहिलेकै ठाउँमा जाने तयारीमा रहेको बताउँछन् ।
इनपा ११ कै मिलन मगर खानेपानी लिनको लागी एक घण्टा हिनेर ल्याउने गरेको बताउँछन् । बस्ती भएको ठाउँ भन्दा माथि खानेपानीको मूहान नभएको कारण पानीको गाग्री डोकोमा बोकेर एक घण्टासम्म हिँड्नुपर्ने थियो । तर डिप वोरीङबाट घर घरमा खानेपानी आएपछि पानी बोक्नुनपर्दा खुसी छन् ।

पराजुली,आचार्य र मगर त प्रतिनिधि पात्र मात्र हुन् । इलाम नगरपालिका ११ सोयाकका एकसय भन्दा बढी घर परिवार वर्षौंदेखि खानेपानीको समस्या भोगेर बस्न बाध्य थिए । खानेपानी समस्याका कारण १८ घरपरीवार भन्दा बढी कोही ब्याँसी त कोही झापा बँसाई सरेर गए । तर इलाम नगरपालिकाले डिप वोरीङबाट खानेपानी निकालेपछि गाउँनै खुसीयाली बनेको छ । गाउँमा त खसीयाली छँदै छ, वर्षौदेखि खानेपानी अभावले ब्यँसी बँसाईसरेकाहरु पूूर्खेउली ठाउँ फर्कन थालेको वडाध्यक्ष रविन एक्तेनले बताए ।

इलाम नगरपालिकाले नेपालसरकारको विशेष अनुदानमा सोयाक खानेपानी योजना निर्माण गरे सँगै सोयाकवासी हर्सित बनेका हुन । एक वर्ष अघिबाट शुरु भएको योजना दुई करोड ४७ लाख ८० हजारको लागतमा सम्पन्न भईसकेको छ । सुख्खा क्षेत्रमा पानी पुर्याउन सफल भएको भन्दै इलाम नगरपालीकाका प्रमुख महेश बस्नेतले यो आयोजनाको पानी प्रयोग एक सय घर परिवारमा मात्र सिमित नगरी अझ विस्तार गरिने बताए । ‘खानेपानी आयोजना बनेपछि यो ठाउँ छाडेर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ’, बस्नेतले भने,‘खाने पानीको व्यवस्थाले आर्थिक सम्बृद्धिको ढोका पनि खुलेको छ ।’ इलाम नगरपालीकाकी उपप्रमुख शुशिला नेम्माङले यो आयोजना सम्पन्नहुनु नगरपालिकाको मूख्य उपलब्धी भएको भन्दै यसको दिर्घकालिन संरक्षणको जिम्मा स्थानीयको भएको बताइन् ।

आयोजनामा एकलाख ६० हजार लिटर क्षमताका तीनवटा ट्याकंी निमार्ण भएका छन भने वितरण चेम्बर एउटा,वास आउट चेम्बर एउटा,भल्व वक्स चेम्बर सातवटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट, आवस्यक पर्ने सबै फिटिङ्सको काम र एउटा घर निर्माण भएको इलाम नगरपालिकाका प्राविधिक दिपक गुरागाँईले बताए । गुँरागाँइका अनुसार पहाडी भूभाग भएको कारण बोरीङ दिगो बनेन र समस्या भयो भने सतहीबाट पानी ल्याउन सकिने गरीको सिस्टम बनाएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र