मधेसमा राष्ट्रियताको प्रवद्र्धन जरुरी

नेपाल बहुसांस्कृतिक, बहुजातीय राष्ट्र हो, सबै जातजाति, क्षेत्र, वर्गबीच असल सम्बन्ध कायम गर्दै पहाड, हिमाल, तरार्ई सबैबीच एकतामा आबद्ध राष्ट्रियताको भावना सबै नेपालीमा प्रस्फुटित हुन पुग्दछ । तर, लामो समयदेखि नेपालका पर्वते र मधेसीबीच भिन्न प्रकारको मनोबैज्ञानिक दरारको अवस्था रहँदै आएको छ । सांस्कृतिक, धार्मिक सबै प्रकारका परिवेशलाई राम्ररी अध्ययनको कमी भएका र अध्ययन गरेर पनि विभिन्न स्वार्थवश एक आपसमा पूर्वाग्रही सोच बनाएका केही नागरिकका कारण यो भिन्नताको अवस्था सिर्जना भएको हो । मधेसे र पर्वतेका बीच सतहमा देखिने प्रकारका केही विभेदका कारण समयसमयमा साम्प्रदायिकताको आधारमा आन्दोलन भएका छन् । यस परिस्थितिबाट नेपाली नै नोक्सानीमा परेका छन् र अन्त्यमा दुवै पक्षले यस्ता सोचवाट प्रेरित भएर ठूलो भूल गरेको महसुस गर्नुपरेको छ । यसलाई राम्ररी व्यवस्थापन गर्न सकिएन भने यो स्थिति अझै बिग्रिने सम्भावना छ ।

यस विभेदको ज्वलन्त उदाहरणका रूपमा मधेसी आन्दोलनले एक मधेश एक प्रदेश र स्वतन्त्र मधेसको माग राख्नुलाई लिन सकिन्छ । तर, यो माग राख्नुका पछाडिका कारणलाई स्रोतमै पुगेर खोजी र विश्लेषण गर्दा मात्र यो अवस्था सिर्जना हुनुसँग परिचित भई सबै नेपालीका बीच सौहार्दता कायम हुन पुग्दछ । यसका समस्याका ’boutमा खोजी गर्नुपर्ने स्थिति प्रस्ट छ । तर, नेपालको राजनीतिले यसलाई सतही रूपमा मात्र बुझिराखेको अवस्था छ । यसै कारणले गर्दा पहाडे र मधेसीका बीचको भिन्नतालाई नामेट गरी नेपाली मात्र भएको भावनाका साथ राष्ट्र र राष्ट्रियतालाई सबै मधेसी र पहाडीले साझा मुद्दा बनाएर अघि बढ्न कठिन भएको छ ।

नेपालमा जातजाति, धर्म, संस्कृतिलाई आवश्यकताभन्दा ज्यादा चासो र प्राथमिकतामा राख्ने चलन छ । धेरै प्रकारले हाम्रो रहनसहन, संस्कृति समान भएको छिमेकी देश भारतमा यसलाई धेरै महŒवका साथ हेरिँदैन । हामीले सबैलाई सम्मान गर्दै जातजाति, संस्कृतिका सम्बन्धमा कुनै प्रकारको विभेद नगरी असल सम्बन्धको विकास गर्न भारतबाट धेरै कुरा सिक्न सक्ने देखिन्छ । मधेसी समुदायमा यो समस्या अझै ज्यादा छ, मधेसका दलित पहाडका दलितभन्दा धेरै बढी उपेक्षित छन् । जमिनदार र श्रमिकको बीचको सम्बन्धमा स्वामित्वभावको अभाव छ । लामो समयदेखिको जमिन्दारको शोषणबाट मधेसका दलित र श्रमिक युरोपका श्वेत र अश्वेत अवस्थाबाट आआफ्नो अस्तित्वको खोजी गर्दै आएका छन् । यस स्थितिबाट मधेसीले सबै आफ्ना सम्प्रदायकालाई समेटेर राख्न सकेको पाइँदैन । यद्यपि यस अवस्थामा केही सुधार क्रमशः हुँदै आएको छ ।

नेपालको समथर भूमिमा पर्वते र मधेसीका बीचको विभेदको अर्को कारण हो उर्बरभूमि, यसैका कारण प्रारम्भमा मधेसी मात्रको सबैतिर अत्यधिक बाहुल्यता रहेको तरार्ईमा अव पर्वतेको संख्या प्रत्येक दिन बढ्दै गएको छ । ठूलो जमिन लिएर बसेका तरार्ईका भूमिपुत्र पर्वतेले सबै जमिन खरिद गरी सुकुम्बासीको अवस्थामा समेत पुगेका छन् । औलो उन्मूलन भएसँगै पहाडको ठूलो जनसंख्या तरार्ईमा बसाइ सर्ने क्रमले तीव्रता पायो, जमिन सकिँदै गएपछि दार्जिलिङ, सिक्किम, भुटानलगायतका देशमा रोजगारीका लागि जाने र त्यसबाट आर्जित रकम जमिनमा लगानी गर्ने प्रवृत्तिमा बृद्धि हुँदै गयो । वैदेशिक रोजगारीबाट प्राप्त रकम विकसित सहरी क्षेत्रमा घर घडेरीमा लगानी गर्ने कार्यले समेत प्राथमिकता पाउँदै गयो ।

मधेस र पर्वतका बीचको विभेदलाई अन्त्य गर्ने नीति र परम्पराको थालनी गर्दै सबै हिसाबले मधेसलाई प्राथमिकतामा राख्नु जरुरी छ

प्रशासन, प्रहरी, जमिनदार, पण्डित सबैमा बाहुन र क्षेत्री रहने र उनीहरू आर्थिक रूपले विपन्नलाई समेत साथ लिई देशभर छरिएर बस्न थाले । पहाडी नेवार आफ्नो व्यापार व्यवसाय गर्न सबैतिर छरिएर बस्न पुगे, पञ्चायती समयमा बाहुन, क्षेत्री र नेवार धेरै प्रोत्साहित भए । जंगल फडानी गरी पहाडीको बस्ती बसाल्ने काम समेत राष्ट्रकै तर्फबाट हुँदै गयो । भुटानी, बर्मिज, सिक्किमेली र दार्जिलिंगे पनि तराईतर्फ झर्नेक्रम बढ्दै गयो । लामो समयसम्म हिन्दू राष्ट्रका रूपमा नेपाल रहँदा पनि शासनमा पर्वातेले नै अवसर पाउँदै गए । वर्तमान समयमा पनि क्षेत्री र बाहुन गरेर जनसंख्याको एक तृतीयांश हिस्सा रहेकोमा महŒवपूर्ण पदमा यो जनसंख्याको हिस्सा ७५ प्रतिशत छ । यस परिस्थितिले लामो समयदेखि मधेसमा बसिराखेका वास्तविक धर्तीपुत्रको सोचमा पर्वतेप्रति नकारात्मक धारणाको विकास हुँदै गएको हो ।

मधेसीको सुरुदेखि नै भारतको विहार र उत्तर प्रदेशसँग रोजगारी र नाताका हिसाबले प्रगाढ सम्बन्धको विकास हुँदै गयो । भारतीय नीति र परम्परालाई आत्मसात गर्दै आएका छन् । नेपाली भूभागमा सहजै आवतजावत गर्नसमेत कठिनाइ भएको र भारतीय भूमि भएर नेपाल आउनुपर्ने अवस्थाका कारणले पनि दक्षिण सीमा क्षेत्रमा बस्ने नेपालीले भारतसँगै कारोबार गर्न, साथी हरूति बनाउन सहज हुँदै गयो । उदाहरणका लागि बाँके जिल्लाको राप्ती नदी पारीका बघौडा क्षेत्रमा अहिले पनि नेपाल आउन भारत हुँदै लामो समय लाग्छ । उनीहरूको सबै कारोबार भारतीय बजारमा हुन्छ । भारतीय मुद्राको मात्र प्रचलन छ, यो अवस्थालाई सहज बनाउन धेरै समय पहिले राप्ती नदीमा पुल बनाई आवतजावतलाई सुगम बनाउनुपर्दथ्यो । आजसम्म पनि पूर्ण रूपमा जिल्ला सदरमुकामसँग त्यस क्षेत्रलाई जोड्न सकिएको छैन । उनीहरू नेपालगन्ज जग्गा पास गर्न, नागरिकता बनाउनजस्ता अत्यन्त थोरै कामका लागि मात्र आउने गर्दछन् । बिहेवारी, वजार व्यवसाय उतै हुन्छ, आउन–जान उतै सहज छ । साथी, इष्टमित्र सबै भारतमै छन् । त्यसैले उनीहरूले नेपालप्रति स्वामित्व भाव राख्ने अवस्था बनाउन सरकारले प्राथमिकता दिनुपर्दछ ।

नेपालमा राजनीतिक जागरण आउदै गर्दा पनि मधेसलाई नेपाली रास्ट्रियतासँग जोडेर हेर्ने काम अत्यन्त कम मात्र हुन पुग्यो । २०४६ सालको सफल जनआन्दोलनपश्चात सबै धर्म, जातजाति, संस्कृति, रीतिरिवाज, परम्परालाई सम्मान गर्ने जागरण नेपालीमा देखिँदै गयो, २०४७ सालको संविधानले राष्ट्रिय एकतामा जोड दिने उद्देश्यलाई विशेष प्राथमिकतामा राखी यसका लागि पर्याप्त व्यवस्था गरिएको थियो । जनजाति आन्दोलनले यस वर्गका सबै सचेत र त्यस समाजका प्रतिष्ठितलाई समेट्न खोज्यो । उनीहरूबाट जनजातिलगायतका समस्याको ’boutमा राम्ररी सम्बोधन हुने अपेक्षा गरिएको थियो । तर, जनजातिसम्बन्धी आन्दोलनका नेतृत्वकर्तामा सुविधाभोगीको प्रभुत्व ज्यादा देखिँदै गयो । उनीहरूले जनजातिका समस्यालाई राम्ररी अभियानका रूपमा अघि सार्दै राष्ट्रबाट सम्बोधन गराउन सकेनन् । क्रिस्चियन र हिन्दू धर्मावलम्बीको आफ्ना आफ्नै परम्परा र सांस्कृतिक विविधता हुने कारणले केही हदसम्म नेपाली राष्ट्रियतामा सुधार हुन सकेन । व्यक्तिगत स्वार्थसिद्ध गर्नमा क्रिस्चियन धर्मको पालना गर्ने नेता बढी सक्रिय हुँदै गएको आलोचना भइराखेका छन् ।

सुस्तावासी, कञ्चनपुर, सप्तरीलगायतका सीमा क्षेत्रमा बसोबास गर्ने वास्तविक धर्तीपुत्रले नेपालको सीमा रक्षा गर्दा आफ्नो ज्यानसमेत उत्सर्ग गर्न पुगेका छन्

यसबाट पनि समग्र देश र मधेसको राष्ट्रियताका सम्बन्धमा नकारात्मक प्रभाव परेको अवस्था छ । नेफिनले डिफिडबाट प्राप्त गरेको अनुदानको राशिबाट पनि जनजातिका नाममा नेवार र थकालीजस्ता सुविधा भोगी वर्ग नै लाभान्वित हुन पुगे । माओवादीले जनजातिको नारा बहुत उछाले, नौ वटा स्वायत्त क्षेत्र बनाए, यसले मिथिला, भोजपुरा जस्ता मधेसी धार्मिक भाषिक समूहलाई समेत समेट्न खोजेको थियो । तर, यो आन्दोलनले धेरै प्रकारले नेपालीबीच रहेको आपसी सहिष्णुतालाई तहसनहस बनाउन सफल भयो । राष्ट्रियताका सन्दर्भमा खासै प्रगति गर्न सकेन । मधेसी समुदायमा विशेषगरी भारततर्फ लिनेदिनेलगायतका व्यवहार बढी हुने भएकाले नेपालको नागरिकता प्रदान गर्दा छानबिन गर्ने गरिएको छ । त्यही कार्यालयबाट पर्वतेलाई र मधेसीलाई नागरिकता र अन्य सरकारी सुविधा प्रदान गर्दा गैरनेपालीले सुविधाप्राप्त नगरून् भन्ने सोचाइ राख्नुपर्ने हुँदा पनि वास्तविक नेपालीले समेत कष्ट भोग्नुपर्ने अवस्था छ, यसबाट राष्ट्रको नीति र कानुनी प्रक्रियाप्रति नै कुण्ठा पालेर बस्ने समूहसमेत मधेसमा देखिएका छन् । यी सबै कारणले गर्दा यस क्षेत्रमा सरकार विशेष गम्भीरताका साथ प्रस्तुत भई राष्ट्रियताको प्रवद्र्धनका लागि कार्य गर्नुपर्ने स्थति छ ।

राजनीतिक परिवर्तन र मधेसवादी आन्दोलनका कारण अब राष्ट्रले मधेसी सम्प्रदायप्रति विभेदपूर्ण व्यवहार गर्न सक्ने अवस्था छैन । तर, केही नीति र परम्परागत विषयमा सुधार गर्नुपर्ने अवस्था छ । नेपालको कुनै पनि क्षेत्र नेपालीका लागि आवतजावत गर्न सहज हुनुपर्दछ । अब मधेसी र पर्वतका बीचको विभेदलाई अन्त्य गर्ने नीति र परम्पराको थालनी गर्दै सबै हिसाबले मधेसलाई प्राथमिकतामा राख्नु जरुरी छ । समथर भूमि हुँदा पनि धेरै प्रकारका कठिनाइ यहाँका जनताले भोग्नुपरेको छ । उदाहरणका लागि प्रतिवर्ष डुबानमा पर्ने, यातायातको विकासको कमीकमजोरीमाथि हुने शोषण र पीडाले प्राप्त गरिराखेको निरन्तरता आदिलाई लिन सकिन्छ । तरार्ईका मधेसी मुलका नागरिक पर्वते थर राख्दा आफूलाई प्रतिष्ठित सम्झने प्रवृत्ति देखिँदै छ । उदाहरणका लागि मधेसीहरू ठकुरी र काजी हुन पाउँदा गौरवान्वित महसुस गर्दै थर परिवर्तन गर्ने गरिआएका छन् । पर्वते र मधेसीहरूको बसोबास एकै ठाउँमा हुँदा एकअर्काका धर्म संस्कृति र परम्परासँग घुलमिल हुन थालेका छन् । पर्वते र मधेसीहरूका बीच वैवाहिक सम्बन्धसमेत क्रमशः बढ्दै गएको छ ।

प्रायः पहाडीमा बुहारीको दाइजोलाई महŒव नदिने सोचाइ रहेकाले मधेसीलाई आफ्ना चेलीहरू पर्वतेहरू विवाह गरिदिँदा आर्थिक हिसाबले सहजसमेत हुने गर्दछ, यसलाई प्रचारप्रसार गर्दै बिहेवारी नेपालीमा सीमित गर्न लागि पर्नुपर्ने स्थिति छ । वास्तविक राष्ट्रवादी र मधेसीहरूको असली पहिचान गर्नु जरुरी छ । नागरिकतासम्बन्धी समस्यालाई सोच्नुपर्ने अवस्था छ किनकि यो वितरण प्रणाली अत्यधिक सरल बनाइँदा भारतीयको नेपाली नागरिकका हिसाबले नेपाल प्रवेश सहज बन्दछ । यस अर्थमा नागरिकतासम्बन्धी उदार नीतिले समस्यालाई बढाई राष्ट्रियताको दृष्टिबाट प्रत्युत्पादक हुन सक्दछ । मधेसीको व्याख्या अहिले अत्यन्त अनुदार प्रकारले केही सीमित समूहलाई मात्र सम्बोधन गरेर भइराखेको छ । यसलाई उदारताका साथ समेट्ने नीति अवलम्बन गर्नु पर्दछ । मधेसीका नाममा सत्तामा मात्र पुग्ने गलत धारणाले मधेसी राजनीति अघि बढिराखेको छ । यसमा सुधार नभएसम्म मधेसमा राष्ट्रियताको विकास हुन सक्दैन ।

मुख्य र अत्याधिक प्राथमिकतामा राख्नुपर्ने विषय हो । सम्पूर्ण मधेसीलाई समानताको आधारमा राज्यले व्यवहार गर्नमा कुनै पनि प्रकारको कमी गर्नुहुँदैन । अन्यथा ठूलो जनसंख्या भएको यस क्षेत्रको राष्ट्रियता संकटमा पर्न सक्दछ, नेपालको राष्ट्रियता सुत्दा आफ्नो जमिन र क्षेत्र नेपालमा उठ्दा आफू नेपाली नागरिक बसोबास क्षेत्र र जग्गा जमिन नेपालको लालपुर्जा हातमा लिएर बस्दा पनि भारतको हुन पुगी पीडामा रहेका सुस्तावासी, कञ्चनपुर, सप्तरीलगायतका सीमा क्षेत्रमा बसोबास गर्ने वास्तविक धर्तीपुत्र जसले नेपालको सीमा रक्षा गर्दा आफ्नो ज्यानसमेत उत्सर्ग गर्न पुगेका छन् । राष्ट्रियता केहो ? ती जनतालाई सोध्नुपर्दछ ।

काठमाडौंमा रहेका शासक जो लामो समयदेखि आफ्नो भूभाग अतिक्रमण भएकोमा बेखबर रहेको नाटक गर्दछन् । आफ्नो क्षेत्रको संरक्षणका लागि विधिवत् संसद्बाट पारितभएको नक्सासमेत पाठ्यपुस्तकमा समावेश गर्न निषेध गर्नेले र यस्तै मानसिकतामा रहेकाले हाम्रा सीमा रक्षकका रूपमा रहेका मधेसीबाट सिक्न सक्नुपर्दछ । अन्यथा नेपालको राष्ट्रियता गम्भीर संकटमा पर्न सक्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ