मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् । साथीहरुसंग मानहुँकोट घुमफिर गरेर स्थानीयको घरमा सुतिरहेका थापा बुधबार बिहान अचानक मृत अवस्थामा फेला परेको प्रहरी प्रमुख पौडेलले बताए ।

थापाको मृत्यु के कति कारणबाट हुन गएको हो भन्ने विषयलाई लिएर घटनाको अनुसन्धान गम्भीरताका साथ गरिरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय