नेसन्स लिग : बेल्जियम र इटाली फाइनल चरणमा

लन्डन । बेल्जियम र इटाली युरोपियन नेसन्स लिग फुटबलको फाइनल चरणमा पुग्न सफल भएका छन् । लिग एको समूह टु अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै बेल्जियम फाइनल चरणमा पुग्न सफल भएको हो ।

बोसेनिया–हर्जगोविनालाई पराजित गर्दै इटाली पनि फाइनलमा पुग्न सफल भएको छ । लिग ए को समूह वान अन्तर्गत भएको खेलमा इटालीले बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गरेको हो ।

समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम फाइनल चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्डले एक गोल गरे । यस्तै बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा इंग्ल्याण्डले १० खेलाडीमा सीमित आइसल्याण्डलाई ४–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा पिल फोडिनले दुई, म्यासन माउन्ट तथा डेक्लन राइसले गोल गरे । बिरकिर साएभार्सन ५४ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आइसल्याण्ड १० खेलाडीमा सीमित भएको थियो ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गर्‍यो । इटाली नेदरल्याण्डसलाई १ अंकले पछि पारी फाइनलमा पुगेको हो ।

नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अन्य खेलमा कोसोभोले माल्डोभालाई १–०, चेक गणतन्त्रले स्लोभाकियालाई २–०, इजरायलले स्कटल्याण्डलाई १–०, हंगेरीले टर्कीलाई २–० तथा सर्बियाले रुसलाई ५–० ले हरायो ।

यस्तै अस्ट्रिया र नर्वे तथा उत्तरी आयरल्याण्ड र रोमानियाबीचको खेल १–१ तथा ग्रिस र स्लोभेनियाबीचको खेल गोलरहित बराबरीमा सकियो ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि