सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

काठमाडौ । सेयर खरिदबिक्री रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारको इतिहासमा आज बिहीबर अहिलेसम्मकै धेरै रकम ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

चक्रीय नियम अनुसार पनि बजार क्रमशः बुलिस प्रवृत्तिमा लागेको विश्लेषण गरिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि भूमिका रहन्छ । यतिबेला लगानीकर्ता उत्साहित भएका छन् । बजार अझै माथि जान्छ भन्ने भावना विकास भएको छ । यसले पनि सहयोग पुर्याएको हो । बजार बढ्दै जाँदा सामान्यतयः सबै समूहमा घुमिफिरी तेजी आउने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

नेप्से सूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा आइपुगेको छ । १९८ कम्पनीको ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ४० लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहका सूचक वृद्धि भएका छन् ।

बिमा, उत्पादनमूलक, व्यापारिक तथा होटेल समूहका सूचकमा बृद्धि भएको छ । करिब १ दर्जन कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको ४१ करोड भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार