प्रचण्डकाे नातिनिसंग राजेश हमालकाे रोमान्स

काठमाडौं । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मीता राजेश हमालसँग देखिएकी हुन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

रवि लामिछानेले बोलाए भोलि बिहीबार सर्वदलीय बैठक