चोटले समस्यामा लिभरपुल

लन्डन । गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलको लागि यो सिजन सहज हुन सकिरहेको छैन । नयाँ सिजनको आठ खेल सकिँदा शीर्षस्थानको लेस्टर सिटीसँग एक अंकले मात्र पछि रहेपनि चोटका कारण लिभरपुलले लेस्टरसँगको अबको खेल मुख्य पाँच खेलाडीविनै खेल्नुपर्ने देखिएको छ ।

लिभरपुलले प्रिमियर लिगको नवौं चरणमा आइतबार राति १ बजे शीर्षस्थानको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । लेस्टरको ८ खेलमा ६ जित र २ हारसहित १८ अंक रहेको छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ८ खेलमा ५ जित २ बराबरी र १ हारसहित १७ अंक रहेको छ । लिभरपुलका महत्वपूर्ण फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणका कारण टोली बाहिर छन् ।

भर्जिल भान डाइक, जोय गोमेज, ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, एन्ड्रिउ रोबर्टसन र फाबियानोसमेत चोटका कारण टोली बाहिर छन् । गत महिना एभर्टनसँग २–२ गोलको बराबरीमा सकिएको खेलमा चोट बोकेका भान डाइकले लेस्टरसँग मात्र होइन, यो सिजनका धेरै खेल गुमाउने पक्का छ । तर, उनी सामान्य प्रशिक्षणमा फर्किएका छन् ।

घुँडाको शल्यक्रिया गरेर आराममा रहेका गोमेजले पनि अरु महत्वपूर्ण खेलसमेत गुमाउने पक्का छ । चोट बोक्नुअघि पहिलो रोजाइमा खेल्दै आएका अर्नोल्ड पनि डिफेन्समा मात्र होइन, आक्रामक खेलका लागि उपयोगी भइरहेका थिए । लिभरपुलमा अहिले क्यामरुनका जोय माटिप मात्र फिट सेन्टर ब्याक रहेका छन् । पछिल्लो समय चोटको समस्याले नै गर्दा उनले समेत यो सिजन सबैमा गरेर तीनपटक मात्र खेलेका छन् ।

जसले उनले सातामा तीन खेल खेल्न सक्ने अवस्था देखिँदैन । उनलाई जेम्स मिल्नरले साथ दिने सम्भावना छ । डिफेन्समा देखिएको समस्याले गर्दा नै क्लोपले मिडफिल्डर हेन्डरसन र वाइनाल्डमलाई समेत डिफेन्समा खेलाउने प्रयास गरिरहेका छन् । यसैले जनवरीमा हुने खेलाडी किनबेचको समयमा लिभरपुलले डिफेन्डर अनुबन्ध गर्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी