नयाँ सडककी गीता श्रेष्ठ जेरी मिठाई खानेबित्तिकै लगातार आएको वान्ताले गत सोमबार वीर अस्पतालको आकस्मिक कक्ष पुग्नु प-यो । मिठाईले विषाक्त भएको सबै कुरा बुझेर र अब सावधानीपूर्वक मिठाई किन्ने र खाने पाठ सिकेर आइन् ।
अब त अखाद्य वस्तुको मिसावटको मात्र समस्या रहेन यहाँ अस्वस्थ र दुषितपनाको समस्या पनि पराकाष्ठाकै रूपमा देखिएका छन । कार्ल माक्र्सले पुँजीमा नाफामुखी व्यापारका ’boutमा १० प्रतिशत नाफाले पुँजी जाग्ने, २० प्रतिशत नाफाले जीवित रहने, ५० प्रतिशतसम्मको नाफाले सकारात्मक सन्देश दिने, शतप्रतिशत नाफाले मानवीय सभ्यताको नियम–कानुन उल्लंघन हुन्छ भने ३०० प्रतिशत नाफा घोर अपराधपूर्ण हुन जान्छ र त्यो आम्दानी सधैं खतराको घेराभित्र रहिरहन्छ भनेका थिए ।
रंगीन मिठाई जहाँ गुलियो त्यहाँ मन भुलियो भन्ने उखान त्यसै बनेको होइन । मिठाई मन पर्दैन भन्ने मानिस फेला पार्न मुस्किल छ । मिठाई पसल, लालमोहन, गुलाब जामुन, जेरी, बर्फी, रसवरी, खजुरी, पेडा जस्ता रंगीन मिठाईले रंगिएका छन् । चित्ताआकर्षक रंग मिसाइएको मिठाई स्वादका लागि जति मिठो भए पनि गुणस्तरहीन र रंगीन मिठाईले भने स्वास्थ्यलाई राम्रो गर्देन र हानिकारक हुन्छन् ।
जेरीलाई छिटो पकाउन र फुलाएर ठूलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वासप्रस्वास, मिर्गौलामा असर र क्यान्सरसम्म हुन्छ । रंगमा सिसा, पारो, तामाजस्ता तत्व पाइन्छन । तामाको आयनले श्वास प्रश्वास प्रणालीमा प्रत्यक्ष सर, मांसपेशीलाई दुषित पार्दछ ।
त्यसैमा पारो थपिए विषाक्त दुई गुणा बढ्छ । पारोयुक्त लवणले शरीरका म्युकसलाई जमाई घाँटी खसखसाउने, श्वासप्रश्वासमा समस्या, आन्तरिक सुजनजस्ता समस्या उत्पन्न गराउँछ । पारोले मुख्यतः निष्कासन प्रणाली, खमिर्गाेलामा असर तथा तामाजन्य विषादीको संग्रहमा मद्दत पु-याउँछ । सिसाले कोषको वंशाणु डीएनए र आरएनएसँग अन्तक्र्रिया गरी दुषित बनाउँछ । शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्वहरू लामो समयसम्म शरीरमा रही मन्द विषको काम गर्छन् ।
रंग मिश्रित तथा दूषित घिउ तेल प्रयोग भएका खाद्यपदार्थले रक्त कोषिकालाई विषाक्त बनाई शरीरमा रगत कम हुने समस्या निम्त्याउँछन्
अत्यधिक चिनी र चिनीयुक्त सिरपले रगतमा चिनी, बोसोको मात्रा बढाउने, पेट बढ्ने, मधुमेह, दा“तका समस्या हुन्छन् । स्याक्रिनले ब्रेन ट्युमर, क्यान्सर ल्याउँछ । खाने सोडाको अधिक प्रयोगले पाचन प्रणालीमा नकारात्मक असर पार्छ । पीठोको अमिलोपना कम गर्न प्रयोग गरिने एमोनियम कार्बाेनेटयुक्त पदार्थ पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार अघिदेखि नै बनाइन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउ“छ, तब पसलेले मिठाई ढोका बाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुँवा, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन् ।
रंगको ’boutमा धेरै चर्चा र केहि जानकारी भए पनि प्रयोगमा ब्यापकता देखिएको एडीटीभ, पिरजर्वेटिभ, स्टेबलाइजरको ’boutमा धेरैलाई थाहा नै छैन । खाद्यवस्तुमा एडीटीभले स्वाद र सुगन्ध बढाउने तथा पिजर्भेटिवले लामो समय सुरक्षित राख्नेबाहेक कुनै पोषण र खाद्य महत्व राख्ने गरेको पाइँदैन । एडीटीबको कारण कैयौं किसिमका एलर्जी र बिकार हुन सक्दछ । छाला चिलाउने, पसिना बढी आउने, अनुहारको रंग उडने, डाबर आउने, आन्द्रामा पीडा, वाकवाकी, बान्ता, झाडापखाला, दम, खकार, पिनास, मांसपेसीमा पीडा, जोर्नीमा पीडा, थकान, कमजोरी, ब्यवहार र मनस्थितिमा परिवर्तन, हाइपर एक्टिभिटी, माइग्रेन, मुटुको धडकनमा समस्या जस्ता स्वास्थ्य समस्याहरू खाद्य पदार्थमा एडीटीब हुने गर्दछ । अखाद्य प्रिजर्भेटिब बीएचएले बालकलाई चञ्चले बनाउछ भने ईडीटीएले दम, दाग, पखाला, उल्टी, नसासम्बन्धी समस्याहरू र पेटको क्यान्सरसमेत बनाउन सक्दछन । मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजर्वेटिभले जिब्रोमा ससाना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्ध आउने, दन्त सड्न बनाउने गरेको पाइन्छ ।
रंग मिश्रित तथा दूषित घिउ तेलको प्रयोगले बनेका खाद्यपदार्थहरूले रक्तकोषिकाहरूलाई विशाक्त बनाई तथा भई शरीरमा रगत कम हुने समस्या एनिमिया,अण्डकोषमा असर परी पुरुषको बीजकोष मार्दै लिंग सानो हु“दै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने, रोगहरू लाग्ने, फोक्सोमा र छालामा दीर्घरोगका साथै क्यान्सर जस्तो भयानक रोग देखिन सक्छ । गर्भवतीमा गर्भपतनसम्म हुन सक्छ ।
कृत्रिम खाद्य रङले मात्रा, शुद्धीकरण र कृत्रिम भएकै कारण पहेंलो खाद्य रङ टारट्राजाइनले डाबर आउने, दम, छाला सम्बन्धी र अन्य समस्याहरू निम्त्याउँछ । एन्नाटोले डाबर उत्पन्न गर्नेदेखि अन्य एलर्जी ल्याउछ । सेफरोनले पनि एलर्जीदेखि एनाफाइल्याक्सिससम्म बनाउन सक्दछ । रातो रङ कर्माइनले पनि एलर्जी उत्पन्न गर्न सक्दछ । नेपालमा आठ प्रकारका प्राकृतिक रङ र ११ प्र्रकारका सिन्थेटिक वा कृत्रिम रङ प्रयोग गर्न सरकारले अनुमति दिएको छ । तर यस्तो रङ पनि सीमित मात्रामा मात्र प्रयोग गर्न पाइन्छ । बजारमा भनेमिनरल, अखाद्य तथा कपडा रंगाउने रङ, मसीसमेत प्रयोग भइरहेका छन् । घर, टेबल रंगाउने पेन्ट, लिपिस्टिक, लाइनर, म्वास्चराईजर, नङपालिसजस्ता कस्मेटिक सामानमा विभिन्न रङ, रसायनको प्रयोगले छालामा दाग,एलर्जी र खाना खादा र मुखमा लगाउदा वा मुखभित्र छिराउँदा शरीरमा पनि नकारात्मक असर पारी स्वास्थ्यमा सामान्यदेखि जटिल, दीर्घरोग निम्त्याइरहेको हुन्छ ।
रगतको हेमोग्लोबिन नष्ट पार्ने फास्टरेड कार्मोइसिन रातो रङ दिन, आ“खाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफसीएफ सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रङ जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेंलो रङ दिन, पुरुषको शुक्रकीट नष्ट गरी बाझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रङ सुरक्षित गर्न । मिठाईलाई आकर्षक तुल्याउन चा“दीको पातलो पत्र तपक, बर्फी र लड्डु राख्न प्रयोग गरिन्छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । रोडामाइन बिले मिर्गाैला र अण्डकोषमा क्षति, मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन प्रमुखतः पर्छन् । तसर्थ हिजोआज रङ प्रयोग नगरिएका मिठाई खानु राम्रो हुन्छ ।
दर्जनाै नियम कानुन खाद्य ऐन २०२३ अनुसार मिसावट गरेमा तीन महिनादेखि दुई वर्ष कैद र ५ हजार जरिमाना तथा क्षति भए ७५ हजारसम्म Ôतिपूर्ति हुन सक्छ । खानेकुरामा मिसावट गर्ने र शुद्धता नष्ट पार्नेलाई सजाय गर्न खाद्य ऐन २०२३, स्ट्यान्र्ड नाप र तौल ऐन २०२५, कालो बजार, सामाजिक अपराध तथा सजाय ऐन २०३२, औषधि ऐन २०३५, नेपाल गुणस्तर ऐन २०३७, उपभोक्ता संरक्षण ऐन २०५४ जस्ता दर्जन बढी ऐन नियम छन्, जसमध्ये सबैभन्दा चर्काे मानिएको उपभोक्ता संरक्षण ऐन २०५४ हो ।
उक्त ऐनमा खानेकुरामा मिसावट गर्नेलाई तीन देखि १४ वर्ष जेल सजाय छ । स्वस्थ खान नपाउनु खाद्य अधिकारको हनन हो । एकजना उपर ज्यानसम्बन्धी कसुर गरेमा २० वर्Èसम्म कैद हुने तर नाफाका लागि अखाद्य मिसावट गरी सयौं उपभोक्तालाई शरीर र सम्पत्तिमा हानि पार्ने, रोगी बनाई तड्पाई तड्पाई मर्न बाध्य पार्नेलाई किन बढीमा १४ वर्षसम्म मात्र कैद सजाय ?
अन्तमा, खाद्य सुरक्षा बढाउन, बढी मुनाफामुखी प्रतिस्पर्धा र तयारी खाद्यबस्तु संस्कृतिले गर्दा हामी बिरलै प्राकृतिक गुणले भरिपूर्ण खाद्यवस्तु खान पाउँछाैँ । आधुनिकता, इज्जतिलो तथा व्यस्त र ठूलो देखिन भान्सामा भन्दा रेस्टुरा तथा डिब्बाबन्द, सुन्तला भन्दा त्यसको जुसमा र बेरंगी तथा फिक्का मिठाईमा भन्दा रंगीन, ४/५ रंगको मिठाईमा अभ्यस्त भएका छौं । तर खाद्यवस्तुको बनावट, संरचनालगायतले स्वास्थ्यमा पारेको अल्पकालीन र दीर्घकालीन असरका ’boutमा एकाग्र भएर कहिले साच्ने होला ?





