लमजुङ । लमजुङमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यनेपाल नगरपालिका – ६ भोर्लेटार बजारका ३५ वर्षीय नवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङले बताएको हो ।
मध्यनेपाल नगरपालिका– ६ स्थित भोर्लेटार बजारको पाखुरीचोकमा पैदल हिडिरहेका पौडेललाई ग १८ प ५८७३ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यलय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
उनका अनुसार मोटरसाइकलले ठक्कर दिएर घाइते भएका पौडेललाई उपचारका लागि पोखराको फेवासिटि अस्पताल पु¥याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । उनले भने, ‘भोर्लेटारबाट सोही नगरपालिका– ७ को रामबजारतर्फ जाँदै गरेको ग १८ प ५८७३ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।’ मोटरसाइकलका चालक मध्यनेपाल नगरपालिका– ७ को रामबजारका विश्वमित्र घिमिरेलाई पक्राउ गरिएको छ ।
उक्त मोटरसाइकलको ठक्करबाट एक जनाको निधन भएको र २ जना घाइते भएको उनले जानकारी दिए । उनका अनुसार घाइते २८ वर्षीय उज्जवल खनाल सामान्य उपचार पछि घर फर्किएको र ३५ वर्षीय मुक्ति पौडेलको फेवा सिटि अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते दुवै जनाको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । माधक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्सीहरुले बताएका छन् । सो घट्नाका ’boutमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।