एअरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो निर्माणको काम सुरु

तुलसीपुर । ६ करोड लगानिमा दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । निर्माणको काम अबको १५ दिनपछि सुरु गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । स्थायी इन्धन डिपो निर्माणका लागि जमिन फिलीङ, कंक्रिट बनाउने र निगमको कार्यालय भवन, टयाङ्क तथा बाउजर मेसिन राख्नका लागि पार्किङको काम गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने मौखिक सहमति जनाएपछि निगमले काम सुरु गर्ने भएको हो ।

निगमका कार्यकारी निर्देशक पौडेलको नेतृत्वमा आएको प्राविधिकको टोलीले एयरपोर्ट प्रवेश गर्ने मुख्य गेटको दक्षिण तर्फ रहेको जग्गाको सोमबार नापजाँच समेत गरेको छ ।

बैशाख १ गते उद्घाटन गर्नेगरि निर्माण कार्यलाई अघि बढाउने इन्धन डिपो तुलसीपुरका प्रमुख सुजित पोख्रेलले जानकारी दिए । डिपो संचालनका लागि तुलसीपुर उपमहानगरपालिको एक करोड र निगमले ५ करोड खर्च गर्ने भएको छ । दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गरिने छ । टयाङ्क र बाउजर मेसिन खरिदका लागि कार्तिक १५ गते टेण्डर आब्हान गरिएको थियो ।

२०११ सालमा स्थापना भएपनि राजनीतिक दाउपेजका कारण ओझेलमा परेको एयरपोर्टमा इन्धन डिपो स्थापनाका लागि तुलसीपुर उपमहागनरपालिकाले पहल गर्दै आएको छ ।

मंसिर ४ गते निगमकी प्रवन्धक इन्दु शर्माले जग्गाको अवलोकन गरेर प्रतिवेदन बुझाएपछि कार्यकारी निर्देशक पौडेलको नेतृत्वमा प्राविधिकको टोली सोमबार तुलसीपुर आइपुगेको हो । टोलीमा निगमका प्रादेशिक प्रमुख प्रलयंकर आचार्य, निगमका नेपालगंज प्रमुख कमला न्यौपाने, प्रवन्धक इन्दु शर्मा, हवाइ इन्धन प्रमुख अजित कुमार पोख्रेल, इन्जिनियर द्धोय अर्चना घिमिरे, रजिता गौतम लगाएतको सहभागिता रहेको थियो ।

जग्गा उपलब्ध गराउन तुलसीपुर उपमहानगरपालिकाले गएको बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरण तुलसीपुरलाई पत्रलेखेपछि प्राधिकरणका तुलसीपुर प्रमुख लिलाप्रसाद श्रेष्ठले विभागसंग समन्वय गरेका थिए ।

दाङबासीको सपना पुरा हुने

इन्धन डिपो संचालनमा आएमा ६६ बर्षपछि दाङबासीको ठूलो सपना पुरा हुने तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताए । विभिन्न चरणको छलफल र दौडधुपपछि निर्माणको प्रारिम्भक चरणमा पुगेको भन्दै पाण्डेले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी