पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट भएका गतिविधि मर्यादा बाहिर पुगेको दाबी गरे ।

अर्थमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका पौडेलसँग प्रेस संगठन नेपाल, रुपन्देहीले मंगलबार साँझ बुटवलका गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘अध्यक्षद्वयबीचको विवाद ‘लिक’ बाहिर जान खोजे जस्तो देखिन्छ । नेता कार्यकताहरु पनि मर्यादा बाहिर गएको देखियो । हामी दोस्रो तहका नेताहरू विवाद ‘लिक’मा ल्याउन प्रयासमा छौं । पार्टीको अन्तरविरोध हटाउँदै एकता बचाउन सबै लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।’

पौडेलले थपे, ‘पार्टीमा परिस्थिति कल्पना गरेभन्दा पृथक देखियो । पार्टीको समस्या समाधान गर्न सबै केन्द्रित हुनुको विकल्प छैन । पार्टीमा कसैले पनि विभाजन नचाएको भन्दै एकता नचाहनेलाई किनारा लगाउनुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री पौडेलको भनाइ छ । त्यही ढंगले कोशिस गरिएको उनको भनाइ छ । पार्टीको आन्तरिक जीवनमा आएको समस्या कार्यकताहरुलाई चिन्तित बनाएको पौडेलले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको भेटघाट नियमित हुने छलफल जस्तै भएको बताए । उनले भने, ‘नेकपासँग सुविधाजनक बहुमत छ । कांग्रेसका किन सत्ताको विषय छलफल गनुप-यो ? प्रधामन्त्री र देउवाका बीच नियमति हुने छलफल भएका हो । सत्ता समिकरणसँग जोडेर हेर्न आवश्यक छैन ।’

पौडेलले राजधानी बुटवलबाट दाङ गए पनि बुटवल विकास र समृद्धिमा कहिल्यै पछाडि नपर्ने स्पष्ट पारे । पौडेलले भने, ‘राजधानी बुटवल बनाउने भनेका थियौं । एउटा प्रक्रियाबाट टुंगो लाग्यो । यो ठाउँ विकासबाट पछाडि पर्दैन । यहाँ अहिले पनि विकासका योजना लामबद्ध छन् । यो ठाउँको विकासका योजनामा विमर्स र सहकार्य गर्न तयार छौं ।’

प्रदेश सरकारले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर आर्थि राजधानी बनाउने निर्णय कार्यान्वन गर्न सफल बनाउनुपर्ने बताए ।
पौडेलले निर्वाचनका बेला घोषणा गरेका प्रतिवद्धता चरणबद्ध रुपमा पूरा हुँदै जाने बताए । कोरोना महामारीले थला परेको देशको अर्थ व्यवस्थालाई पुर्नताजगी दिन आफू सुस्म ढंगले अध्ययन गरी लागेको जानकारी समेत मन्त्री पौडेलले गराए ।

त्यस्तै, मन्त्री पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्रलाई कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताए । उनले भने, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णय बैठकबाट हुन्छ । अर्थ मन्त्रालयले गर्ने निर्णय स्वयम मन्त्रालयलले गर्दै हामीले निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी जनमुखी निर्णय गर्छाैँ,’ उनले भने । पौडेलले पाँच वर्षको अवधि नसकिँदै घोषणापत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने बताए ।

पौडेलले कोरोनाको निशुल्क जाँच र उपचारबाट सरकार पछाडि नहटेको समेत स्पष्ट पारे । उनले कोरोना विरुद्धको भ्याक्सिन ल्याउने विषयमा पनि सरकारले गृहकार्यलाई तिब्रताका साथ अगाडि बढाइरहेको जानकारी गराए । पौडेलले बुधबार बुटवलमा विभिन्न आयोजनाहरुको शिलन्यास गर्ने कार्यक्रम छ । कार्यक्रम संगठनका रुपन्देही संयोजक अमृत गिरीको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र