ललितपुरमा तीन पाकिस्तानी खेलाडी

BRISBANE, AUSTRALIA - AUGUST 06: Mir Hamza of Pakistan poses during a ICC U19 Cricket World Cup 2012 portrait session at Allan Border Field on August 6, 2012 in Brisbane, Australia. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

काठमाडौं । साबिक विजेता टोली ललितपुर प्याट्रियट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ ।

आगमी १ देखि १५ चैतसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको लागि ललितपुरले तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको जनाएको छ । ललितपुरले यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्धन गरेको थियो । अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जाले ललितपुरको जर्सीमा उत्रनेछन् ।

मिर हाम्जाले गत सिजन ससेक्सबाट काउन्टी खेलेका थिए । हसन खानले लगातार पीएसएल खेल्दै आएका छन् । उनले क्यानाडामा सम्पन्न ग्लोबल टी २० मा पनि उनले एडमन्टन रोयल्समा थिए । उनी सन् २०१८ मा यू–१९ विश्वकपमा पाकिस्तानका कप्तानसमेत रहेका थिए ।

हमाद आजमले पनि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै २०१९ को पाकिस्तान कपमा उत्कृष्ट अलराउन्डर घोषित भएका थिए । ईपीएलको नियमअनुसार १६ खेलाडीको सूचीमा कम्तीमा ३ विदेशी खेलाडी हुनुपर्ने प्रावधान रहेको छ । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व सम्हाल्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी