Saturday, January 16, 2021
Home Breaking News करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ ।

आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ

विभागले आगामी फागुनसम्म तिर्नुपर्ने कर बुझाएमा निकै छुटको अवसर पाइने व्यवस्था गरिएको जनाएको छ । आर्थिक ऐनले आय विवरण पेस नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आव २०७३-७४ देखि २०७५-७६ सम्मको आय विवरण, सो आय विवरणअनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुनसम्म बुझाएमा सोभन्दा अघिल्ला वर्षको आय विवरण पेस गर्नु नपर्ने गरी छुट दिएको छ ।

यो पनि पढ्नुहोस   सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

त्यसरी छुट पाएको रकममा लाग्ने आयकर, शुल्क तथा बाँकी ब्याजसमेत छुट पाइने विभागले जनाएको छ । विभागले दिएको यस्तो अवसरअनुसार ५० लाखभन्दा माथिको वार्षिक कारोबार गर्ने करदातालाई भने आव २०७३-७४ भन्दा यता कर विवरण र त्यसअनुसारको आयकर नबुझाएको अवस्थामा आगामी फागुनसम्म आय विवरण, विवरणअनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । यस्तो अवस्थामा बाँकी ब्याज र अतिरिक्त शुल्क मिनाहा हुने बताइएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटल रेस्टुरेन्टसम्मका अधिकांश साना करदाता रहेका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका करदाताका लागि यी छुट र सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।

कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राहीको मर्कालाई बुझेर केही राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणका लागि पुनः यस्तो अवसर दिएको विभागको भनाइ छ । गत ११ चैतदेखि असारसम्म भएको मुलुक लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण समस्यामा परेका सेवाग्राहीलाई केही राहत दिन विभागले यसअघि दुईपटकसम्म बुझाउनुपर्ने कर तिर्न यस्तो अवसर उपलब्ध गराएको थियो । यसअघिको अवसरमा पनि कर बुझाउन नसक्ने सेवाग्राहीका लागि यो थप मौका भएको विभागले जनाएको छ ।

(Visited 436 times, 1 visits today)
Loading comments...

आजको समाचार

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

साताका लोकप्रिय समाचार

गाली गलौजको राजनीति

माओवादी द्वन्द्वका बेलामा राजा ज्ञानेन्द्रकै शासानकालमा माओवादीले युद्ध विराम ग¥यो । ऊ अर्धभूमिगत भयो । मुख्य मुख्य सहरमा आमसभा ग-यो । पोखराको अमरसिंहमा आयोजित...

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

पूर्ण र मेलिनको गीतमा दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राई फेरि नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सोल्टिनी...को...

महिला हत्यामा संलग्न मण्डल कारागार चलान

सप्तरी, राजविराज । एक महिनाअघि महिला हत्याको आरोपमा पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका छन् ।
यो पनि पढ्नुहोस   इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन
घटनामा...

ट्रेन्डिङ

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट...

त्रिपालमुनि क्वारेन्टाइन

बैतडी । बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुकुलो हुँदा भारतमा रोजगारी गर्न गएका नेपाली नागरिक धामाधम...

सम्पादकीय : जरुरी नागरिक अनुशासनको

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको पछिल्ला प्रयासमा नागरिक अनुशासनको विषय पनि जोडतोडका साथ उठ्न थालेका छन् । पहिले सरकार, स्वास्थ्यसँग सम्बन्धित निकाय र स्वास्थ्यकर्मीहरूसँग...

सरकारी विद्यालय : पर्याप्त लगानी, खस्कँदो गुणस्तर

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्दै आए पनि...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

काठमाडौँ । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

ओली समूहका सुदुरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन भएपछि केपी शर्मा ओली समूहमा लागेका बोहोराले बुधबार पत्रकार...

प्यानलबोर्डमा मुसा पसेपछि बागबजारमा बत्ति गयो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट विद्युत आपुर्ती हुने क्षेत्रमा लाईन गएको छ । प्राधिकरणका अनुसार बागवजार ,राजदरबार ,लैनचौर,...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

धेरै पढिएका

कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ...

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित...

निर्वाचन तयारीमा सुरक्षा निकाय

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

बेइजिङ । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)