Saturday, April 4, 2020
Home बिचार भारतीय आर्थिक परिदृश्यमा नेपाल

भारतीय आर्थिक परिदृश्यमा नेपाल

नेपालको अर्थव्यवस्था भारतीय अर्थव्यवस्थाबाट बढी प्रभावित हुन्छ

आज संसारको राजनीतिक परिदृश्य बडो परिर्वतनशील देखिएको छ । इतिहासको लामो समय प्रताडित रहेका मुलुक विकास र प्रगतिको मार्गका धावक बनेका छन् । एसिया र आफ्रिका आफ्नो अतीतको अनुभवलाई आत्मसात् गरेर भविष्यको मार्ग रेखांकन गर्न उद्देलित देखिएका छन् । एउटा घटना विशेषको पराकम्पनले सम्बन्ध र सरोकार परिर्वतन भइरहेको अवस्था चीनको कोरना विषाणुले पुष्टि गरिरहेको छ । कोरना विषाणुको चित्कारले मानवलाई वैदिक दर्शनको केही शाश्वत सिद्धान्तलाई मनन गर्न दबाव दिँदै छ । अर्थात् प्राकृतिक सौहाद्र्रताको अभावले गर्दा समय समयमा यस्ता महामारीले मानवको अनियन्त्रित महत्वाकांक्षा र बेलगाम भौतिक यात्रालाई पुनर्विचार गर्न बाध्य पार्छ ।

यस्तो प्रतिकूल अवस्थामा विश्व अर्थतन्त्र डगमग भइरहेको छ । वर्तमान भूराजनीतिक अवस्थाले गर्दा संसारका अर्थतन्त्र एक अर्कासँग निर्भर र आश्रित रहेको अवस्था छ । त्यस अवस्थामा भारतले चीनसँगको आर्थिक सरोकारका बाबजुद पनि आपूm ५ ट्रिलियन डलरको अर्थतन्त्रको प्रत्याभूति हुने दृढता भारतका प्रधानमन्त्री मोदीले आफ्नो अभिभाषणमा व्यक्त गरेका छन् ।

भारत ५ ट्रिलियन डलरको अर्थ व्यवस्था हुनेबित्तिकै यसको सकारात्मक प्रभाव निकटका छिमेकीमा पर्न जान्छ । नेपालका सन्दर्भमा भन्ने हो भने नेपालको अर्थव्यवस्था भारतका अर्थ व्यवस्थासँग सबभन्दा छिट्टै प्रभावित हुने अर्थ व्यवस्था हो । यस आलेखको अभिप्राय भारतले लिएको संकल्पलाई कसरी कार्यरूप दिँदै छ र त्यसको मार्गचित्र कस्तो छ भन्ने कुरामा केन्द्रित रहको छ । ५ ट्रिलियनको अर्थ व्यवस्था हुने भारतको नयाँ नामकरण ‘नयाँ इन्डिया’ भन्ने भारतका प्रधानमन्त्री मोदीले गरेका छन् ।

मोदीले यही काव्यात्मक अभिव्यक्तिलाई भारतको लोकसभामा आफ्नो सरकारको नीति रहेको स्पस्ट गरे । अर्थात् एकपछि अर्को महत्वपूर्ण निर्णयबाट के प्रमाणित हुन्छ भने सरकार आफ्नो संकल्पमा पूर्ण अडिग रहेको छ । दृढ इच्छा शक्तिले गर्दा नै धारा ३७० लाई निस्तेज गरेर काश्मीरलाई राष्ट्रिय मूलप्रवाहमा ल्याएको दाबी प्रधानमन्त्री मोदीको रहेको छ । त्यस्तै, युगौंदेखि मुस्लिम नारी ‘तीन तलाक’को फाँसोमा रहेको अवस्थामा आफ्नो सरकारले ‘तीन तलाक’लाई गैरकानुनी र अमानवीय साबित गरेको कुरा आफ्नो उपलब्धिको फेरिहस्त उनले बताउँछन् । नाबालकको बलात्कारीलाई फाँसी दिने कानुन बनाएर एउटा कानुनी राज्यको अवधारणालाई अगाडि बढाएको जिकिर उनको छ ।

त्यस्तै, राष्ट्रिय सुरक्षाको सन्र्दभमा लडाकू विमान खरिद गर्न र विभिन्न मुलुकसँग सैन्य अभ्यासको अभिवृद्धिले सरकारको सुरक्षा संवेदनशीलतालाई जाहेर गर्छ । मोदी सरकारको विराट सफलता भनेको ३७ करोड नयाँ बैंक खाता खोलेर समाजका अपहेलित, उपेक्षित र उत्पीडित व्यक्तिलाई पनि बैंकको खाताका माध्यमबाट सरकारले दिएको लाभांशमा सहभागिता बढाउनु हो । साथसाथै समाजवादको मर्मअनुरूप समाजका न्यून आय भएका व्यक्तिको घरदैलोमा ग्याँस चुलो जडान गरेर सरकारको लोककल्याणकारी गतिविधिलाई जनसमक्ष प्रस्तुत गरेका छन् ।
तथ्यांकअनुसार भारतले १३ करोड निम्न आय भएका व्यक्तिहरूको घरमा ग्याँस चुलो जडान गरेको देखिन्छ । साथसाथै भारत र नेपालको सन्र्दभमा हेर्ने हो भने गाउँघरको जीवनमा शौचालयको निर्माण र व्यवस्थापन एक महत्वपूर्ण समस्या हो ।
नेपालको सन्र्दभमा भन्ने हो भने विभिन्न आएएनजीओको अनुदानमा विज्ञापनका निम्ति विभिन्न जिल्ला र गाउँ खुला दिसामुक्त क्षेत्रको बोर्ड हेर्न सकिन्छ तर त्यस क्षेत्रमा सरकारले कतिवटा शौचालय निर्माण गरेको छ, त्यसको लेखाजोखा छैन । मोदी सरकारले शौचालयको समस्यालाई गम्भीरतापूर्वक लिएको देखिन्छ । हालसम्मको तथ्यांकअनुसार भारतले न्यून आय भएका र निम्न मध्यम वर्गका लागि विभिन्न योजनाअन्तर्गत ११ करोड शौचालय निर्माण गरेको देखिन्छ । भारत र नेपालको सन्र्दभमा हेर्ने हो भने विभिन्न सीमान्तकृत समुदाय २१औं शताब्दीमा पनि घरविहीन अवस्थामा छन् ।

हालसम्म २ करोड नयाँ घर बनाएर सम्बन्धित वर्गलाई हस्तान्तरण गरेको अध्ययनले पुष्टि गर्छ । साथसाथै नेपाल र भारतको सन्दर्भमा हेर्ने हो भने कृषिमा सबैभन्दा रजाइँ बिचौलिया वर्गको देखिन्छ । बिचौलियाले भण्डारण गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेर जनतालाई मूल्यवृद्धिको चपेटामा राख्छन् । बिचौलियालाई निस्तेज गर्न राज्यले आफ्नो कृषि भण्डारण क्षमता बढाउनुपर्छ र सरकारले किसानसँग सिधै खरिद गर्नुपर्छ । यो समाजवादको मूलमन्त्र हो । यसबाट सरकारले बजारलाई नियन्त्रण गर्न सक्छ र मूल्यवृद्धिलाई पनि आफ्नो काबुमा गर्न सक्छ । यसमा भारतको अनुभवलाई पनि नेपालले मनन गर्नुपर्छ । पहिले भारतले सात लाख टन दाल किसानसँग खरिद गरेर भण्डारण गरेकोमा अहिले मोदी सरकारले सय लाख टन भण्डारण गरेको छ ।

नेपालको सन्र्दभमा यो अनुभव रोचक र अनुकरणीय पनि छ । सन् २०१४ मा कृषि मन्त्रालयको कुल बजेट २७ हजार करोड थियो भने वर्तमान अवस्थामा त्यो बजेट अभिवृद्धि भएर डेढ लाख करोड भारतले पु¥याएको छ । अर्थात् कृषि प्रधान देशमा कृषि नै मेरुदण्ड भएको अवस्थाले गर्दा उत्पादन बढाउन कृषिमा बजेट अभिवृद्धिबाहेक अर्को कुनै विकल्प छैन । त्यस्तै, भारतमा प्रधानमन्त्री किसान योजनाको माध्यमबाट ३५ हजार करोड धनराशि सिधै किसानको खातामा जम्मा हुन्छ । यो पनि लोक कल्याणकारी राज्यको एउटा अनुपम उदाहरण हो । कृषक विमामा भारतले हासिल गरेको अनुभव पनि अनुकरणीय छ अर्थात् भारतका किसान १३ हजार करोड प्रियिम जम्मा गरेर ५६ हजार करोड प्राप्त गरेको छ ।

भारतको अर्को उपलब्धि विदेशी लगानी भिœयाउनु हो । सन् २०१९ मा २२ विलियन अमेरिकी डलर रहेको अवस्था थियो भने सन् २०२० मा २७ विलियन अमेरिकी डलरमा परिणत भएको छ । विदेशी मुद्राको निवेशले अर्थतन्त्रको अवस्थालाई देखाउ‘छ । भारतको एउटा महत्वपूर्ण उपलब्धि सूचना र सञ्चारमा रहेको छ । सन् २०१४ मा भारतमा दुईवटा मात्रै मोबाइल कारखाना थिए तर वर्तमान अवस्थामा संसारको दोस्रो मोबाइल उत्पादन गर्ने देश भारत रहेको छ । विगत पाँच वर्षमा मात्र डेढ करोड कार बिक्रीले मध्यम वर्गको उदयलाई उद्घोष गर्छ ।

भारतको करसम्बन्धी नीति पनि नेपालका लागि अनुकरणीय देखिन्छ । भारतमा ५ लाख आम्दानी गर्ने व्यक्तिसमेत करको दायरामा आउँदैन । नेपालको सन्र्दभमा हेर्ने हो भने जनताको करले चेपिएको छ । सिंहदरबारको भ्रष्टाचार विकेन्द्रित हुँदै गाउँतर्फ पुगेको छ । अनुगमन, नियन्त्रण र मार्गदर्शनको अभावमा संघीयतालाई भ्रष्टाचारको धमिराले कमजोर बनाउने अवस्था छ । यस अर्थमा मोदी सरकारको लक्ष्य भेदन क्षमतालाई ओली सरकारले आफ्नो राष्ट्रिय क्षमता अनुकूल राष्ट्रिय हितका लागि प्रयोग गर्नुपर्छ । नेपाल र भारतका सामाजिक र आर्थिक अवस्थामा सामीप्यता भएको हुँदा समाधानका सूत्रमा पनि मिलनबिन्दु हुन सक्ने सम्भावना छ ।

(Visited 208 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

ई-पेपर

(Visited 24 times, 1 visits today)