तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा एक जना व्यक्ति घाइते अवस्थामा बिरामी आएका छन् उनलाई गोली लागेको जस्तो छ । तर घाइते बोल्न सक्दैन । अचेत अवस्थामा छन् ।’ उपचारका लागि बिरामीसंगै छोरा पनि आएको जानकारी उनले पाए । दाङ भनेकाले तपाइलाई केहि जानकारी छकी छैन भन्दै बाँके प्रहरीले तुलसीपुरका डिएसपीलाई सोधेको थियो । सिंहले घटनाको कुनै जानकारी नभएको जानकारी दिए ।
गोली लागेर घाइते भएका पौडेल र उनको परिवारले घटनाको जानकारी प्रहरीलाई नगराएकाले शिकार खेल्न गएको समयमा घटना भएको हुनसक्ने प्रहरीले निश्कर्ष निकालेको छ
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ पठाए । राती भएकाले केहि पत्ता लाग्न सेकन् । प्रहरीले बिहानै देखि पुनः घटना स्थलको अनुसन्धान सुरु गर्न थाल्यो ।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायव उपरीक्षक सुमित खड्काको नेतृत्वमा ईलाका प्रहरी कार्यालय तुलसीपुर, वडाप्रहरी कार्यालय लमही र अमिलिाय प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलमा पुग्यो ।
घटनास्थल थियो लमही नगरपालिका–९ च्याउखोला । घाइते व्यक्ति थिए तुलसीपुर उपमहागनरपालिका–१३ बराहखुटी निबासी ४५ बर्षका खुसलराम पौडेल । प्रहरीले पौडेल घाइते भएको स्थानदेखि पाँच मिटर टाढा साढे १२ बजे भरुवा बन्दुक फेला पा¥यो । डिएसपी सिंहका अनुसार शरिरको पुठा र खुट्टामा पाँचवटा गोली लागेका पौडेलको अहिले भारतको लखनउमा उपचार भइरहेको छ । घटना स्थल ’round रगतका टाटा र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय घोराहीका डिएसपी सुमित खड्काले जानकारी दिए ।
भालुलाई हानेको गोली पौडेललाई लाग्यो
गोली लागेर घाइते भएका पौडेल र उनको परिवारले घटनाको जानकारी प्रहरीलाई नगराएकाले शिकार खेल्न गएको समयमा घटना भएको हुनसक्ने प्रहरीले निश्कर्ष निकालेको छ । जंगलमा शिकार खेल्न गएका शिकारीले भालुलाई भनेर हानेको गोली पौडेललाई लागेको पराम्भिक अनुसन्धानबाट खुलेको छ । ‘कालो भालुजस्तो देखेर हानेको बन्दुक तपाईलाई लागेछ भनेर शिकारीले भन्यो रे ,’ स्थानीयलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो ।
शिकार खेल्न ८/९ जना गएकाको र उनिहरु फोन स्वीचअफ गरेर सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी कार्य तिब्र बनाएको छ ।






