Saturday, January 23, 2021
Home खेल साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वाचा गरेभन्दा नौ महिनापछि आइतबार पत्रकार सम्मेलनमार्फत सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

राखेपले साग आयोजना भएको तीनै स्थान (काठमाडौं उपत्यका, पोखरा र जनकपुर)को हिसाब समयमा नआएको र यसबीचमा कोरोना महामारीको कारण आफूले बाचा गरेभन्दा हुन पुगेको भन्दै माफीसमेत मागेका छन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणतर्फ विगतका वर्षहरूदेखि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँँ खर्च भएको सदस्यसचिव सिलवालले जानकारी गराए । यसर्थ सागकै लागि कुल ४ अर्बभन्दा बढी खर्च भएको राखेपले जनाएको छ ।

यस्तै सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँलाई राखेपको खर्चमा नजोडिएको सदस्यसचिव सिलवालले बताए । सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकाले ३ अर्ब ६५ करोड विनियोजन भएको थियो । सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ आय भएको सदस्यसचिव सिलवालले जानकारी गराए ।

यस्तै, खर्चतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ संलग्न विवरणबमोजिम खर्च भएको छ । यस्तै, ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ बैंक मौज्दात रहेको र १ करोड ९३ लाख ८० हजार २ सय २४ फ्रिज भएको राखेपले जनाएको छ ।

ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटल म्याट, टेबल टेनिस म्याट र पदक, किड्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरूप प्राप्त भएको राखेपले जनाएको छ । सागको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८ सय ४ रुपैयाँँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ । यस्तै, होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८ सय ८१ रुपैयाँँ, राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९ सय ३९ रुपैयाँँ खर्च भएको छ ।

यो पनि पढ्नुहोस   दुवाथनल सिरिज कीर्तिपुरमा

सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४ सय ७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २ सय २४ र जनकपुरमा ८० लाख ३७ हजार २ सय १२ रुपैयाँँ खर्च भएको छ ।

पूर्वाधार निर्माणतर्फ दशरथ रंगशाला पुर्ननिर्माण, सातदोबाटो हिटिङ पुल निर्माण, सातदोबाटो स्क्वास कोर्ट निर्माण, तेक्वान्दो र कराते एकेडेमी निर्माण, च्यासल रंगशाला निर्माण, लन टेनिस कोर्ट निर्माण, लैनचौर कभर्डहल मर्मत, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहल मर्मत तथा निर्माण, पोखरा रंगशाला निर्माण, पोखरा साग भेन्यु निर्माण र धनुषा कभर्डहल मर्मतमा खर्च भएको राखेपले जनाएको छ । १४औं साग पाकिस्तानले आयोजना गर्ने भए पनि यो एक वर्षको अवधिमा पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको सिलवालले बताए ।

सागमा दक्षिण एसियाली राष्ट्रका २७४६ खेलाडी ९०६ अफिसियलसहित कुल ३६५२ जनाको सहभागिता रहेको थियो । नेपालबाट ८३१ जनाले सहभागिता जनाएका थिए । साग गतवर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सागको इतिहासमा नै पौडीकी गौरिका सिंहले एकै सागमा ४ स्वर्ण, करोतका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फाका सुवास तामाङले दोहोरो स्वर्ण जित्न सफल भएका थिए । घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ७ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक रहेको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

साताका लोकप्रिय समाचार

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

ट्रेन्डिङ

जबरजस्ती धर्म परिवर्तन र सजायको व्यवस्था

धर्म सत्य हो, धर्म प्रेम हो र धर्म जीवन दर्शन पनि हो । कुनै चिजवस्तु र व्यक्तिमाथि राम्रो पुण्यकर्म र विचारका लागि विश्वास गरिने...

हतकडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

इलाम । अस्पतालबाट गत बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा...

युवतिलाई घर पु-याइदिन्छु भनेर ट्रकभित्रै बलात्कार

रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

सर्वोच्चद्वारा सरकारलाई कर उठाउन ‘ग्रिन सिंग्नल’ अस्वीकार, लकडाउन अवधिभर कर बुझाउनु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले कर असुली प्रक्रिया रोक्ने गरी भएको अन्तरिम आदेश खारेज गर्न अर्थ मन्त्रालय र राजस्व विभागले दिएको भ्याकेट निवेदन खारेज गरिदिएको...

साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

निषेधाज्ञाले बिपि जयन्ति कोठाभित्रै

सप्तरी, राजविराज । सधै खुल्ला स्थानमा भव्य रुपमा मनाइदै आएको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता स्व. विपि कोइरालाको जन्म जयन्ति यस...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

धेरै पढिएका

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती पक्राउ

रौतहट । ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)