इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका छन् । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे एक सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको छ । लोगो दर्तासँगै बिश्व बजारमा नेपाली चियाले प्रतिष्पर्दा गर्नसक्ने भन्दै चिया किसानलाई ढुक्क हुन चिया तथा कफी बिकास बोर्डले किसानलई आग्रह गरेको छ ।
चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानीमा नै चियाको लोगो सार्वजनिक गरिएको र १२ जना उद्यमीले ट्रेडमार्क पाइसकेको र चार महिनाको अन्तरालमा अमेरिका र भारतका चियाको लोगो दर्ता भएको चिया तथा कफि विकास वोर्डका निर्देशक विष्णु भट्टराईले बताए । उनले भने ‘भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भएपनि सम्झौताको हार्ड कपी आएको छैन’, औपचारिक रुपमा हार्डकफी नआएपनि सम्झौता सम्पन्न भइसकेकाले चिया किसानहरुलाई ढुक्क हुँदा हुन्छ ।’
बिश्व बजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानहरुलाई भट्टराईले आग्रह गरेका छन । बिश्व बजारमा नेपालबाट चियाको भन्दा कफीको वढि माग आउने गरेको छ । नेपालमा वार्षिक ६ मेट्रिक टन मात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिक टन कफीको माग रहेको र ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिने भट्टराईको भनाई छ । उनी भन्छन ‘चियालाई बिश्व बजारमा प्रतिष्पर्दा गराउन सक्ने गरि अघि बढ्नुपर्ने रहेको देखिन्छ ।
बिश्व बजारमा चियाको जति धेरै माग बढ्छ उति नै धेर गुणस्तरिय चिया उत्पादनमा किसान लाग्नु पर्ने हुन्छ ।’ तर सरकारी चिया बगान निजि क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘हाल समेत चिया मजदुर आन्दोलित हुनु पर्ने अवस्था भएकाले स्थानिय तहले संघाई ग्रुपलाई लिजमा दिएको चिया बगान फर्काउन कदम चालेपछि सम्वन्धित निकायले वास्ता नगर्दा मजदुरले समस्या भोगिरहेका छन् ।’






