फोटो सुटकै कारण जेलको बास भयो इजिप्टकी यी सुन्दरीको

एजेन्सी । फोटोशुटका कारण इजिप्टकी एक मोडल र फोटोग्राफर जेल जानुपरेको छ । इजिप्टको पिरामिडको पृष्ठभुमीमा खिचिएको मोडलको तस्विर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सुरु भएको थियो । केही मिडियाले ‘उत्तेजक र आपत्तिजनक’ भनेर टिप्पणी गरेपछि सामाजिक संजालमा चर्को बहस भएको थियो ।

इजिप्टको मिडिया मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले पक्राउ गरेर एक दिन हिरासतमा राखेर धरौटीमा छोडेको छ । फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् । उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते