कोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन

फाइल तस्वीर

काठमाडाैं । कोरियामा रहेका नेपाली कामदारहरुले आफूहरु सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्ना आफन्तहरुलाई नआत्तिन समेत अपिल गरेका छन् । कोरियाको उल्सान शहरमा रहेका वुटवलका नारायण कँडेलले राजधानीसँगको कुराकानीका क्रममा डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, हामी एकदम सुरक्षित छौं ।

जोखीम त छ तर, कोरिया सरकारले संक्रमण देखिए अस्पताल आउन भनेको छ । यस्तै, मास्क लगाएर मात्रै कोरियामा रहेका नेपाली कामदारहरुले काम गर्दै आएका छन् । यहाँको सरकारले अफ्ठेरो परे अस्पताल आउन भनेको छ ।

कामदारहरुले प्रवेश गर्नुपूर्व ज्वरो नाप्नुपर्ने हुन्छ । यस्तै, आफूहरु धेरै टाढा टाढा ननिस्कीएको समेत उनीहरुको भनाई छ । कोरियाको सरकारले संक्रमणको लक्षण देखिए सबैलाई सुरक्षित तवरले उपचार गर्ने वाचा समेत जनाइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार