बैतडीमा उपभोक्ता ठग्ने व्यापारीविरुद्ध मुद्धा

बैतडी । बैतडीमा उपभोक्तालाई ठग्ने र कालोबजारी गर्ने व्यापारीबिरुद्ध मुद्धा चलाउने गरिएको छ । चालु आर्थिक बर्षमा ४ वटा मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए । ती मुद्धा मध्ये २ वटाको फैसला भइसकेको छ भने २ वटा विचाराधीन अवस्थामा रहेको उनले बताए ।

फैसला भएका मुद्धामा १ मिठाई पसले र एक होटेल व्यवसायीलाई ५/५ हजार जरिवानाको फैसला भएको उनले बताए । फैसला हुन बाँकी मुद्धा पनि खाद्य पदार्थका रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै ७ वटा मुद्धादर्ताको तयारीमा रहेको सहायक पमुख जिल्ला अधिकारी नेगीले बताए । बजार अनुगमनका क्रममा २७ वटा सामानको नमूना संकलन गरिएकोमा प्रयोगशालामा परीक्षण गर्दा कैफियत रहेकोले मुद्धा दर्ताको तयारी भएको हो । संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल ४ व्यापारीलाई ७हजार ५ सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ ।

अनुगमन टोलीले चालु आर्थिक बर्षको हालसम्म बजार अनुगमनका क्रममा ८ लाख बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरेको जनाएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेकका अन्य स्थानीयतहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाएको छ । अनुगमन कार्यलाई केहीदिनमै निरन्तरताको तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

एशियन युथ चेसमा सहभागी हुन नेपाली टोली चिन प्रस्थान