Sunday, May 16, 2021
Home Exclusive सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

ओपीडी सेवा लिनेको संख्या बर्सेनि घट्दै

,

काठमाडौं । सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज र प्रभावकारी नहुँदा बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश छन् ।

कतिपय सरकारी अस्पतालले अप्रेसनका लागि लामो समयसम्म पालो कुराउने गरेका छन् । सरकारी अस्पतालले सेवाप्रवाहमा अत्यधिक ढिलासुस्ती गर्ने गरेको अधिकांश बिरामीको गुनासो छ । जसका कारण पछिल्लो तीन वर्षमा केन्द्रीय सरकारअन्तर्गतका अस्पतालको ओपीडी (बहिरंग विभाग)मा आउने बिरामीको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाएको छ ।

२०७६/७७ मा १७ लाख ४१ हजार २० जनाले ओपीडी सेवा लिएको पाइएको छ । २०७४/७५ मा १८ लाख ८९ हजार ३ सय ६९ जना, २०७५/७६ मा १७ लाख ८२ हजार ७ सय १४ जनाले ओपीडी सेवा लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै २०७६/७७ मा वीर अस्पतालमा २ लाख ९८ हजार ४ सय ४८ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, प्रसूति गृहबाट २ लाख ५८ हजार ८ सय ९२, भरतपुर अस्पतालबाट २ लाख २४ हजार दुई सय ८१ जना, कोसी अस्पतालबाट १ लाख ९७ हजार ५ सय ८३ जनाले ओपीडी सेवा लिएको पाइएको छ ।

आर्थिक वर्ष संख्या  (जनामा)
२०७४/०७५   १८,८९,३६९
२०७५/०७६   १७,८२,७१४
२०७६/०७७   १७,४१,०२०
केन्द्र मातहतका अस्पतालमा ओपीडी सेवा लिनेको संख्या

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ लाख १३ हजार ७ सय ७३, शहीद गंगालाल हृदयरोग निवारण केन्द्रबाट १ लाख १७ हजार ३०, भेरी अस्पतालबाट ९० हजार ६ सय ५६, डडेलधुरा अस्पतालबाट २४ हजार ५ सय २६, कान्ति बाल अस्पतालबाट १ लाख ३ हजार ५ सय ३३ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, मनमोहन टेकु अस्पतालबाट १ लाख १२ हजार ३ सय ६४ जना, मानसिक अस्पतालबाट ३५ हजार ८ सय एक जना, ट्रमा सेन्टरबाट ५९ हजार २ सय २२ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५६ हजार ३ सय ४८ जना र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट ५७ हजार ९ सय ११ जनाले ओपीडी सेवा लिएका छन् ।

यस्तै, केन्द्रीय (संघीय) अस्पतालहरूमा २०७६/७७ मा २ लाख ९५ हजार ३ सय ६७ जनाले आकस्मिक सेवा लिएका छन् । २०७४/७५ मा ३ लाख ४१ हजार ५ सय ४५ जनाले आकस्मिक सेवा लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २०७५/७६ मा ३ लाख ५१ हजार ७ सय ७९ जनाले आकस्मिक सेवा लिएका छन् । स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. देवकोटाले कोभिडको कारण ओपीडीमा आउनेको संख्या केही कमी भएको हुन सक्ने बताए । उनले भने, ‘सरकारी अस्पतालले जनअपेक्षाअनुरूप सेवाको स्तरवृद्धि गर्दै गुणस्तरीय सेवा दिएर मन जित्नुपर्छ । जसले गर्दा सरकारी अस्पतालप्रति आकर्षण बढ्छ ।’ उनले अस्पतालको सेवा विस्तारका कार्य भइरहेको बताए । सरकारी अस्पतालको गुणस्तर सुधार गर्न कार्यक्रमिक योजना ल्याई कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

साताका लोकप्रिय समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

‘यस्तो माया’

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको 'यस्तो माया' बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा...

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट...

खोपलाई व्यापक बनाउ

पछिल्लो समयमा चीनबाट कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएको छैन । सहयोगस्वरूप प्राप्त १० लाख डोज चिनियाँ खोप अहिले पनि कोल्डस्टोरमै...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

ट्रेन्डिङ

कोरोना भाइरस : संघ, प्रदेश र स्थानीय तह तयारीमा जुट्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र आगामी योजना समेटेर स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले तयारीलाई तीव्र बनाएका छन् । स्थानीय तहले वडासम्म...

अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी

काठमाडौं । थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रहरी हिरासतमा पुगेका व्यापारी सुलभ अग्रवालले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा समेत कालाबजारी गरेको उच्च स्रोतले जानकारी दिएको...

२५ जना भन्दा बढी मलामी जान नपाइने, भोलिदेखि पशुपतिमा आरती बन्द

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त...

कोरोना संक्रमणले विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित...

अवरुद्ध सडक खुलाउन पहल जारी

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त विभिन्न सडकखण्डको अवरोध अझै हटेको छैन । बाढीपहिरोबाट राष्ट्रिय राजमार्गमा मात्रै सयभन्दा बढी स्थानमा क्षति पुगेको छ...

झुण्डिएको अवस्थामा फेला परिन् कविता

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाकी १८ वर्षीया कबिताकुमार राय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सुत्ने कोठामा साडीको...

यी २३ रोग, जसले विश्वलाई नै आतंकित बनायो, करोडौंको ज्यान लियो

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

उदयपुरकी प्रेमीकालाइ ३३ लाख ठगी गर्ने खोटाङका प्रेमी पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रेम जालमा पारेर पैसा ठगी गर्ने खोटाङका एक युवालाई पक्राउ गरेको छ । विवाहपछि ठूलो व्यावसाय गरेर जीवन...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सिओल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग...

जब मैले भन्दै आए गायक कविन्द्र

काठमाडौं । लोकपप गीतमा एक समयको चर्चित संगीतिक व्यान्ड ‘स्काई ब्याण्ड’का गायक कविन्द्र श्रेष्ठ पछिल्लो समय गायनमा फेरी सक्रिय देखिन थालेका छन् । केही...

चितवनमा दुई अस्पतालका मेसु सहित चिकित्सक र नर्समा कोरोना पुष्टि

चितवन । चितवनमा अस्पतालका मेसु सहित वरिष्ठ चिकित्सक र विरामीसंग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरुमा समेत कोरोना संक्रमण देखिएको छ । समुदायमा समेत कोरोना संक्रमण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)