पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर


लमजुङ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले लमजुङको सरदमुकाम स्थित बेसीशहर नगरपालिकाकी पूर्वनासु तहकी एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको छ । नगरपालिकाको ‘टाइपिष्ट’ पदको नायब सुब्बा तहकी गीता अधिकारी विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।


अधिकारीले डेढ महिना अघि २० वर्षको अवधि पुरा गरी राजीनामा गरी पेन्सनमा निस्किसकेको बेसीशहर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले बताए । उहाँका अनुसार हाम्रो मा समायोजनका क्रममा सरुवा भएर आएको कर्मचारी भएकोले प्रमाणपत्रका ’boutमा हामीलाई जानकारी भएन । उनले भने, ‘उनलाई नगरपालिकाले नियुक्ति गरेको होइन, समायोजकको क्रममा जनस्वास्थ्य कार्यालयबाट आएकी हुन् । गत साउनदेखिमात्र यहाँबाट तलब खाने गरेकी हुन् । अख्तियारले निगरानीमा राखेको छ भन्ने थाहा भएको भए राजीनामा स्वीकृत हुन्नथ्यो, थाहा भएन, यहाँबाट गएको डेढ महिना नाघि सकेको छ ।’


माइती घर बेसीशहर र विवाहित घर भएकी पूर्वनासु अधिकारीका विरुद्ध अख्तियारद्वारा खरिदार पदमा प्रवेश गर्दा एसएलसी तहको झुटो शौक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा प्रवेश गरेको र नायब सुब्बा पदमा बढुवा भएको दाबी गरेको छ । अधिकारीले खरिदार तहको नोकरी शुरु गर्दा बिहार विद्यालय परीक्षा समिति पटना, भारतबाट ल्याएको एसएलसीको शैक्षिक प्रमाणपत्र पेश गरेकी रहिछन् ।


अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको प्रेस विज्ञप्तीमा अधिकारीले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर पुष्टी भएको हुनाले विशेष अदालतमा मुद्दा दायर गरिएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट