चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

तस्वीर : रोशन दानी

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा सिन्धुली घर भएका तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको हो ।

‘सवारीधनीले ट्रक रातिबाटै सम्पर्कविहीन भएको बताउनु भएको छ, त्यही अनुसार घटना राति नै भएको हो कि भन्ने आशंका छ’, उनले भने । डीएसपी श्रेष्ठका अनुसार भिरमा कोही पनि जानसक्ने अवस्था थिएन डोरी मगाएर शव हामीले निकालेर पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छा‌ैँ ।’ थानकोट बृत्तका अनुसार दुर्घटना के र कुन कारणले भयो भने ’bout थप अनुसन्धान पश्चात् मात्र खुल्ने बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते