Friday, July 23, 2021
Homeप्रदेशपार्टी फुटदैन, ओली सरकार पुरै टिक्छ : कृष्णगोपाल श्रेष्ठ

पार्टी फुटदैन, ओली सरकार पुरै टिक्छ : कृष्णगोपाल श्रेष्ठ

,

काठमाडौं । खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई कार्यकर्ताले पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।

सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताए । ‘तपाईहरु ढुक्क हुनुहोस, कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ ।’ उनले भने ‘ केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।’

उनले जनताको चाहना अनुसार विकास निर्माणका कामले तिब्रता लिएको दावी गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए । ‘मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु-याउने छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौ ।’

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने धारणा राखे । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराएका थिए ।

उनले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ, यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।’ स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे ।

Loading comments...

आजको समाचार

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको...

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

साताका लोकप्रिय समाचार

एक आर्थिक वर्षमा १०६.७३ प्रतिशतले बढ्यो नेप्से

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा नेपाली पूँजीबजारले ऐतिहासिक नयाँ फड्को मारेको छ । यो वर्ष प्राथमिक तथा दोस्रो बजारले नयाँ रेकर्ड कायम...

एमालेले बाेलायाे स्थायी कमिटी बैठक

  काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय...

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह

  काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भएको छ । आजैबाट अल्पकालीन र र्दीघकालीन लगानीकर्तालाई फरकफरक पुँजीगत लाभकरको व्यवस्था...

सदस्यसचिव सिलवाल जापान प्रस्थान

काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ...

ट्रेन्डिङ

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष

लहान । कोरोना संक्रमण पुष्टि भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिन अघि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?