बंगलादेशबाट मल खरिद गर्ने सम्झौता

काठमाडौं । नेपाललाई बंगलादेशले पैंचो दिने भनेको मल नदिएपछि नेपालले साढे १ अर्बमा ५० हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता गरेको छ । सरकारले जिटुजीमार्फत प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा मल खरिद गर्ने सम्झौता गरेको हो ।

प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा ५० हजार मेट्रिकटन मल खरिद गर्दा नेपाली १ अर्ब ५२ करोड ९२ लाख ५० हजार ५ सय रुपैयाँ पर्ने भएको हो । जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिद बिहीबार नेपाल र बंगलादेश सरकारबीच सम्झौता भएको छ ।

धान रोपाइँमा देशभर मलको हाहाकार भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनासँग टेलिफोनमार्फत संवाद गरी पैंचोमा मल मागेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीचको टेलिफोनमा संवाद भएको मौखिक समझदारीमा बंगलादेशले मल नदिएपछि अहिले जिटुजीमार्फत नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा युरिया मल खरिद गर्न लागेको हो ।

सो सम्झौतामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश सरकारको उद्योग मन्त्रालयको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले एक समारोहबीच बंगलादेशको ढाकामा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

उनले युरिया मलको अन्तर्राष्ट्रिय फर्मुला मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको बताए । उनले सो मूल्य नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्यभन्दा प्रतिमेट्रिक टन अमेरिकी डलर १८.५२ ले न्यून छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले एल सी खोलेको १० दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ । यसैगरी, ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्नेछ ।

प्रवक्ता केसीका अनुसार बंगलादेशको चट्टोग्रामबाट सो मल मंगला जल मार्गमार्फत जेस्वर वा खुल्ना हँुदै रोहनपुररसिंहबाद हुँदै रेल मार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवाका गोदामसम्म आपूर्ति हुने छ । साथै केही मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकत्ता वा हल्दिया हँुदै नेपाल प्रवेश हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष