गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ की ३१ बर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए ।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी इस्मा गाउँपालिका २ का चालक ३२ बर्षका कृष्ण कुमाल घाइते भएका छन्। उनको गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान