संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते भएका छन् । घाइते हुनेमा सिलिचोङ –३ मानेटारका १७ बर्षिय अकल बहादुर राई राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश बुढाथोकीले जानकारी दिए ।
घर नजिकै बारीमा काम गर्दे गरेका १७ बर्षीय युवकलाई आइतबार बेलुका ४ बजे भालुले आक्रमण गरेर घाइते बनाएको सिलिचोङ –३ वडाध्यक्ष प्रकाश सिंह तामाङले जानकारी दिए । भालुको आक्रमणबाट उनको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको वडाध्यक्ष तामाङले बताए ।
भालुको आक्रमण बाट घाइते भएका युवकको जिल्ला अस्पताल खाँदबारी उपचार हुन नसेकेपछि थप उपचारका लागि विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् । निकुन्ज क्षेत्र भित्र अहिलेसम्म आधा दर्जन व्यक्ति भालुको आक्रमण बाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ ।






