वेष्ट ह्यामको पोस्टमा चेलीको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा टियागो सिल्भाले एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा बर्न्लेले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ । जितसँगे बर्न्ले रेलिगेसन क्षेत्रभन्दा माथि १६ औं स्थानमा उक्लिएको छ ।

जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिरभपुलको ३१ अंक छ भने २७ अंकको साथ लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाईटेड २६ अंकको साथ तेस्रो स्थाानमा रहँदा चोथो स्थानको एभर्टनको पनि २६ अंक नैं छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम