प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै नेकपाका सांसदको रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । रिटमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाइएको छ ।

विघटित प्रतिनिधिसभामा रहेका नेकपाका सांसदले मंगलबार रिट दर्ता गराएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर पाँच वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने हकबाट आफूहरूलाई वञ्चित गराएको सांसदहरूले रिटमा उल्लेख गरेका छन् ।

विघटित प्रतिनिधिसभा नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमार झाँक्रीले प्रतिनिधिसभा विघटन गर्दा पाँच वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उत्प्रेषणको आदेशबाट प्रतिनिधिसभा विघटन बदर गराउन माग गरेका छन् । उनीहरूले दायर गरेको रिटको सुनुवाइ बुधबार हुनेछ ।

रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री