भोजपुरमा बोलेरो दुर्घटना, चालकको निधन

भोजपुर । भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफै साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडी सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान