‘पिरती’मा रोमान्टिक नजिर र सुशिला

काठमाडाैं ।  गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पिरती’ बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा नाजिर सुशिलालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । नाजिर र सुशिलाको नृत्य पनि भिडियोमा देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ । भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन तथा विकाश धमलाको सम्पादन रहेको छ । भिडियोलाई भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान