प्रधानमन्त्रीले सम्पादकहरूसँग भने : ‘डराउनुपर्दैन, सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेकाले सरकारप्रति कुनै प्रकारको शंका नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रिय स्तरका सञ्चारमाध्यमका सम्पादकसँग लामो अन्तक्र्रिया गर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताका सबै हकलाई पूर्ण रूपमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले सबै सम्पादकलाई खुलस्त विचार र सुझाव राख्न आग्रह गर्दै सबैको विचारको सम्मान गरिने बताए । ‘जसरी यहाँ तपाईंहरूले खुलस्त विषय राख्नुभयो, असन्तुष्टि राख्नुभयो, त्यसको म सम्मान गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि त कहिलेकाहीँ तपाईंहरूलाई जवाफ दिँदा तपाईंहरूले पनि सम्मान गर्नुप¥यो नि ।’ प्रधानमन्त्री ओलीले ठट्यौली पारामा प्रश्न गरे, ‘तपाईंहरू लगातार बलिङ गरिरहने तर मैले एकपटक व्याटिङ गर्न पनि नपाउने ?’ प्रधानमन्त्री ओलीले केही समयअघि सम्पादकको मुटु नभएको भनी गरेको टिप्पणीप्रति सम्पादकहरूले असन्तुृष्टि जाहेर गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सम्पादक र सञ्चारमाध्यम पनि कहिलेकाहीँ असहिष्णु हुने हुँदा आफूले त्यस्तो टिप्पणी गर्ने गरेकाले आगामी दिनमा दुवै पक्ष सहिष्णु भएर अगाडि बढ्दा समस्या नआउने भन्दै सम्पादकलाई आश्वस्त पार्ने प्रयास गरे । जनता प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा अभ्यस्त भइसकेकाले सरकारले चाहँदैमा पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउनै नसक्ने उनले स्पष्ट पारे ।

सम्पादकहरूले सरकारले विभिन्न ऐन–कानुन ल्याएर सञ्चारमाध्यमलाई अंकुस लगाउन खोजेको र त्यसले अधिनायकवाद निम्तन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार आफैंमा आन्दोलनको र बलिदानीपूर्ण संघर्षको उपजबाट पैदा भएको सरकार भएकाले अधिनायकवादतर्फ उन्मुख हुनै नसक्ने ठोकुवा गरे । ‘यो सरकार बहुसंख्यक जनताको विश्वासबाट स्थापित भएकाले सरकार जनताप्रति उत्तरदायी छ, इतिहासलाई सम्मान गर्छ र सबै किसिमको स्वतन्त्रताको सम्मान गर्छ, कसैले कुनै चिन्ता गर्नुपर्दैन ।’ उनले आफू स्वतन्त्रताका लागि ५५ वर्ष सम्म संघर्ष गरेको व्यक्ति भएकाले त्यसमा कुनै शंका गर्न जरुरी नरहेको स्पष्ट पारे । उनले सञ्चार माध्यमहरूले जनतालाई निराशा होइन आशा जगाउनुपर्ने आवश्यकता औल्याए । ‘¦जनता निराश भए भने देश वर्वाद हुन्छ । सम्पादकज्यु सँग मेरो एउटै आग्रह छ , जनता निराश हुने खालका समाचार संप्रेषण हुन नदिउ ।’प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले सरकार र सञ्चार माध्यमहरू मिलेर जनतालाई आत्मविश्वास जगाउदै विकास निर्माणमा जागृत गराउनु पर्ने आवश्यकता औल्याए । स्थायित्वको उपयोग सबै मिलेर गरौ प्रधानमन्त्री ओलीले सबै मिलेर राजनीतिक स्थायित्वको उपयोग गर्नुपर्ने र देशलाई विकासको गतिमा दौडाउनुृ पर्ने बताए । ‘चुनौतीलाई हामीले बुझेका छौ, दुई तिहाईको सरकारको प्रधानमन्त्री हुँ र सो पार्टीको अध्यक्ष हु तर पनि मैले सरोकारवाला सबैलाई सम्झिएर काम गर्नुपर्छ ,आफ्नै पार्टीभित्र पनि सबैलाई समेटेर अगाडि बढाउनु पर्ने वाध्यता छ ।’उनले भने । उनले संघीयतालाई टेको लगाएर संरक्षण गरिएको र टेको निकाल्ने समय नभएकाले सबैले संयमता अपनाउनु पर्ने आवश्यकता औल्याए । राजनीति संझौताहरूको परिधि भित्र नै घुम्दै आइरहेको उनले स्पष्ट पारे । संझौता गर्दा रातारात परिवर्तन हुन कठिन हुने भएको सरकारको वाध्यता सञ्चार माध्यमहरूले बुझ्नुपर्ने उनको आग्रह थियो । उनले सरकारले धेरै विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा संझौता गर्नुपर्ने अवस्था रहेको बताए । संघीय लोकतान्त्रिक व्यवस्थालाई अत्यन्तै सन्तुलित किसिमले अघि बढाउनु पर्ने अवस्था रहेको उनले स्पष्ट पारे । संविधान कार्यान्वयनका लागि कुनै पनि कानुन नवनेको र आफुहरू सरकारमा आएपछि कानुन बनाउने काम फटाफट भइरहेको उनले स्पष्ट पारे । कानुन बनाउने र विकास निर्माणका कार्यहरू सँगसँगै अघि बढाइएको उनले जानकारी दिए । कर्मचारीतन्त्रका ’boutमा प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले , सुधार्न जरुरी रहेको बताए । संक्रमणको व्यवस्थापन गर्दा व्यूरोक्रेसीमा पनि सुधार हुदै जाने विश्वास उनले व्यक्त गरmे । नया युगमा प्रवेश प्रधानमन्त्री अ‍ोलीले मुलुक सबै विषय र क्षेत्रमा क्रमश नया युगामा प्रवेश गरिरहेको दावी गरे । अहिले देश टनेल(सुरुङ) इरामा प्रवेश गरिएको बताउदै उनले एउटा सुरुङमार्गको शुरुवात गरिएको र अन्य ६ वट सुरुङमार्गको छिटै शुरु गरिने जानकारी दिए । व्यापारको विविधिकीरणमा जानु पर्ने भएकाले त्यसमा पनि ध्यान दिइएको उनले बताए । रेल, पानी जहाज को शुरुवात गरिएको उनले स्पष्ट पारे । दुई वर्षमा सबै स्थानमा विजुली पु¥याइने प्रधानमन्त्री ओलीले हाल ८० प्रतिशत भुभागमा विजुली पु¥याइएको र दुई वर्ष भित्र सबैस्थानमा विजुली पु¥याउने लक्ष्य राखिएकाले सो लक्ष्य सफल बनाएरै छोडिने प्रतिवद्धता उनले व्यक्त गरे ‘सञ्चारमाध्यमले न्याय गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले सरकारका कतिपय राम्रा कार्यका ’boutमा सञ्चारकर्मीहरूले न्याय गर्नुपर्ने आग्रह गरे । उनले ललितानिवास आफ्नो पालामा नवेचिएको तर आफु सरकारमा आएपछि वेच्नेहरू पत्ता लगाएर कारवाही प्रक्रिया अगाडि बढाउदा समेत उल्टै सरकार माथि प्रश्न गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘ललितनिवास प्रकरणमा मैले छानबीन गराएको छु, एकातिर सिआइवीले र अर्को तिर अख्तियारले छानबीन गरिरहेको छ । मुद्धाको निक्र्यौल त अदालतले गराउने हो । मैले त छानबीन गराउदै छु , जसले छानबीन गराउछ उसैलाई दोष दिनु न्यायोचित हो र ? उनले प्रश्न गरे । १२ वर्ष देखिका वद्मासीका ’boutमा कारर्वाही भएको छ, स्टीङ अप्रशेन व्यापक भएको छ, ठुला ठुला व्यक्तिलाई पनि गल्ती गर्दा छोडिएको छैन् । मुलाहिजा गरिएको छैन,’ उनले प्रश्न गर्दै भने ‘कानुनी राज स्थापना भएको छैन् र ? ’ प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभई कारवाही प्रक्रिया आक्रामक बनाउदा भ्रष्टचारीहरू बढि देखिएकाले वास्तविकता बुझ्नु पर्ने आवश्कयता औल्याए । वाइड वडी प्रकरण आफ्नो समयमा नभएकाले त्यसको दोष आफुलाई दिन नहुने उनको आग्रह थियो । प्रधानमन्त्री ओलीले यति होल्डिङसका ’boutमा पनि सबै काम विधि प्रक्रिया नै पुयाएर गरिएको स्पष्ट पारे । कार्यक्रममा सम्पादकहरूले सरकारले प्रेस स्वतन्त्रता माथि धावा वोल्ने प्रयास गरेकाले त्यसलाई रोक्न सु्झाव दिदै सरकारले जनताले अनुभूति हुने गरि विकास निर्माणको कार्य गर्न नसकेको र सुशासन कायम गर्ने सवालमा सरकार चुक्दै गइरहेकाले आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए । कहि घोटाला भएको छैन , कहि भ्रष्टचार भएको छैन प्रधानमन्त्री ओलीले आफुलाई भ्रष्टचारी सँग नजोड्न आग्रह गर्दै भने ‘एउटा कुरा म के ठान्छु भने मैले घोटाला गर्छु भ्रष्टचार गर्छु भन्ने कमसेकम सम्पादकहरूले ठान्नु हुन्न होला भन्ने मलाई विश्वास छ ’ उनले थपे ‘मेरो भ्रष्टचारमा शून्य सहनशीलताको लक्ष्यमा कुनै शंका नगर्न आग्रह गर्छु । उनले आफुले कहिल्यै कुनै प्रकारको बद्मासी नगर्ने ,भ्रष्टचार नगर्ने , कमिशन नखाने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टचार गर्ने माथि कठोर कदम चाल्ने दृढता व्यक्त गरे । निर्वाचन प्रणाली खर्चिलो हुदा समस्या प्रधानमन्त्री ओलीले निर्वाचन प्रणाली खर्चिलो हुदा त्यसले भ्रष्टचार बढाएको बताउदै त्यसको विकल्प खोजिनु पर्ने आवश्यता औल्याए । ‘ निर्वाचनमा भएको खर्च उठाउने गरि कसैले कमिशन खान्छ र भ्रष्टचार गर्छ भने आफु त्यस माथि कठोर रुपमा प्रस्त्ुत हुने उनले चेतावनी दिए । ‘राज्यको कोष मारेर पार्टीको , संस्थाको र व्यक्तिको कोष बढाउने कुरा सह्य हुदैन् । उनले भने । वक्समा एमसीसी छिटै पारित हुन्छ प्रधानमन्त्री ओलीले एमसीसी संझौता चालु संसदबाट छिटै पारित हुने बताए । ‘हामीलाई विकास चाहिन्छ , विकासको लागि विजुली पनि चाहिने भएकाले एमसीसी पनि चाहिन्छ ।’ उनले स्पष्ट पारे । ‘यो संझौता उचित भएकाले यो ठिक छ यसलाई अनुमोदन गर्नुपर्छ र यो चालु अधिवेशन बाटै छिटै अनुमोदन हुन्छ ।’उनले भने । यसमा मिलिटरी उदेश्यमा खर्च गर्न नपाइने प्रावधान भएकाले पनि त्यस सम्वन्धमा कुनै शंका गर्न नहुने उनले आग्रह गरे । भ्रममा पर्न जरुरी छैन प्रधानमन्त्री ओलीले नेकपाको पार्टी सञ्चालनका ’boutमा केहि सञ्चारमाध्यमलाई केहि भ्रम लागेको हुन सक्ने बताए । ‘४–५ जना भैसेपाटीमा जम्मा हुनुभएछ, त्यो सामान्य हो ।

भैसीपाटी , बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ डल्लु वैठक हुन्छ, सिहदारबारमा हुन्छ सबै ठाउमा वैठक हुन्छ ।’यस्ता वैठक पार्टीलाई कमजोर बनाउन होइन शसक्त बनाउनकै लागि हुन्छ, यसमा कुनै शंका गर्न जरुरी छैन ।’पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।त्यस्ता बैठकलाई बहुमत र अल्पमतको रुपमा जोड्नु गलत रहेको उनले बताए । ‘यो एकता हचुवामा स्थापित गरेको एकता होइन् । यो एकता कमजोर छैन् । हाम्रो एकता मजवुत छ । कसैले कमजोर बनाउन सक्दैन ।’उनले भने वक्समा मृगौला छिटै ट्रान्सप्लान्ट गर्ने तयारी प्रधानमन्त्री ओलीले आफु छिटै मृगौला ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेको बताए । मृगौला ट्रान्सप्लान्ट गरि स्वस्थ्य भएर मुलुकलाई वाकी तीन वर्ष सम्म नया उचाईका साथ अगाडि बढाउने योजनामा आफु रहेको उनले स्पष्ट पारे । ‘३ वर्ष पछि निर्वाचन हुन्छ , तीन वर्ष सम्म मै प्रधानमन्त्री हो । तपाइहरूलाई बताइदिउ अव छिटै किड्नी ट्रान्सप्लान्ट गर्छु र देश विकासको महाअभियानमा लाग्छु, त्यसमा तपाईहरू सबैले साथ दिनु पर्छ । ’प्रधानमन्त्री ओलीले सम्पादकहरू सँग भने । ‘आफ्नो किड्नीमा अलिअली समस्या रहेकाले अर्को किडनी ल्याएर फेरि थप गर्ने र स्वस्थ्य बनेर देशको विकासमा समर्पित हुने योजनामा आफु रहेको ओलीले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित