रेबानद्धारा उद्योगवाणिज्य महासंघको नेतृत्वलाई बधाइ

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई बधाइ दिएको छ ।

सोमबार लाजिम्पाटको नेपाली चुल्होमा आयोजित विषेश कार्यक्रममा रेबानले उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिलाई बधाइसहित सम्मान गरेको हो ।

कार्यक्रममा रेबानका अध्यक्ष अरनीकोराज भण्डारीले महसंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।

सम्मानपछि महासंघका अध्यक्ष गोल्छाले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरबाट होटल रेष्टुरेण्ट क्षेत्र सबै भन्दा बढी मारमा परेको र देशले पर्यटन क्षेत्रमा ठूलो मौका गुमाएको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले महामारीबाट सृजित समस्याको सबै मिलेर समाधान गरेर अघि बढ्नु पर्ने बताए । उनले यतिबेला व्यवसाय टिकउन नै हम्मेहम्मे परेको भन्दै सरकारी पक्षबाट समेत व्यवसायीका पक्षमा ध्यान दिइनु पर्नेमा जोड दिए ।

रेबानका अध्यक्ष राजभण्डारीले महामारीपछिको अवस्थामा आन्तरिक पर्यटकहरुलाई बढवा दिने गरी होटल व्यवसायीहरुबाट समेत नीति बनाउने तयारी भइरहेको बताएका थिए ।

कार्यक्रममा बिबिसि मास्टर सेफ २०२० का उपविजेता सन्तोष शाहलाई समेत बधाइ दिंदै सम्मान पत्रले सम्मन गरिएको थियो ।

सम्मानपछि शाहले नेपाल र नेपालीको आशिर्वाद आफूलाई प्राप्त भएको र नेपाली खानालाई आफूले विश्वमा चिनाउने मौका पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा २२ औं पोखरा सडक महोत्सव’bout समेत जानकारी दिइएको थियो । १५ पुसबाट १७ पुससम्म तीन दिन चल्ने सो सडक महोत्सबमा विभिन्न कार्यक्रमको आयोजना हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन