दयाहाङ र सौगातसँग रेखा

काठमाडौं । केही समयअघि राजनीतिमा सक्रिय अभिनेत्री रेखा थापा पछिल्लो समय फेरि चलचित्रमा सक्रिय हुन थालेकी छन् । गत वर्ष छोरीका लागि शिक्षा अभियानमा जुटेर सामाजिक कार्यमा लागेकी उनी चलचित्र निर्माणमा फर्किएकी छन् । अब भने आफू चलचित्र निर्माणमा सक्रिय रहने यी अभिनेत्रीको भनाइ छ ।

अभिनेत्री रेखा थापालाई अहिले चलचित्र निर्माणको तयारी भ्याइनभ्याइ छ । ‘वैशाख १ गतेबाटै नयाँ चलचित्रको छायांकन सुरु गर्दै छु । अहिले गीत रेकर्डिङमा धमाधाम लागिरहेको छु,’ अभिनेत्री रेखाले बुधबार राजधानीसँग गफिँदै भनिन्,‘मुख्य कलाकार चयन गरिसकें । यसपटक मेरो चलचित्रको नायकमा दयाहाङ राई र सौगात मल्ल हुनुुहुन्छ ।’

विगतका सिनेमामा आफू नै मुख्य नायिकाका रूपमा प्रस्तुत हुने यी अभिनेत्रीले यसपटक केही फरक प्रकारको चलचित्र निर्माण गर्न लागेको बताएकी छन्, ‘नेपाली चलचित्रको शैली र स्वरूप केही फेरिएको छ । अहिलेका दर्शकको चाहनाअनुसारको नयाँ चलचित्र निर्माण गर्दै छु ।’ आफू नायिका रहने यो चलचित्रमा सोही कारण पनि दयाहाङ र सौगातलाई आफूले नायकका रूपमा लिएको पनि उनले बताइन् ।

रेखाले आफ्नो चलचित्रको नाम खुलासा गरिनन् । अर्को सातासम्म चलचित्रको नाम दर्ता प्रक्रिया सकिने भएकाले त्यसपछि मात्र फिल्मको नाम सार्वजनिक गर्ने पनि उनले बताइन् । त्यसपछि कलाकारको वर्कसपमा व्यस्त हुने रेखाको कथन छ । चलचित्रलाई आगामी तिहारमा ल्याउने रेखाले खुलासा गरिन् ।

बुधबार अभिनेत्री रेखा थापा आफ्नो चलचित्रको गीतको रेकर्डिङमा व्यस्त थिइन् । गायिका स्मिता दाहालको स्वरमा रेखाले यो चलचित्रका लागि नयाँ गीत रेकर्ड गराएकी छन् । गायिका स्मिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी हुन् । यो वर्षको स्मिताको हिट गीत ‘मायालु तिमी कता छौं…’ सुनेपछि आफूले स्मितालाई फिल्मको गीत गाउन दिएका पनि रेखाले स्पष्ट पारेकी छन्, ‘पछिल्लो समय नेपाली गायनमा प्रभावशाली रूपमा आएकाले हाम्रो गीतका लागि संगीतकार वसन्त सापकोटा र मैले स्मितालाई रोजेका हौं,’ रेखाले भनिन् । बुधबार रेकर्ड भएको गीतमा वसन्त सापकोटाले संगीत गरेका छन् । यो गीतमा स्मितासँगै प्रताप दासको पनि स्वर रहनेछ ।

रेखाले यो नयाँ फिल्मको निर्देशन जिम्मेवारी सविर श्रेष्ठलाई दिएकी छन् । सबिरले यसअघि रेखा थापाको ‘तथास्तु’ र ‘कसले चो¥यो मेरो मन’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 606 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित