प्राविधिक शिक्षामा स्थायी विशेषज्ञ अत्यावश्यक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)अन्तर्गत प्रशिक्षण अध्यापन गराइरहेका शिक्षक÷प्रशिक्षकलाई स्थायी नगरिँदा प्राविधिक जनशक्ति पलायन हुँदै गएको छ । सामान्य शिक्षा सामुदायिक तथा संस्थागत विद्यालयबाट उपलब्ध गराइने गरिएको नेपाली शिक्षाको सन्दर्भमा प्रविधिक शिक्षाका लागि भनेरै भिन्नै स्थापना गरेर देशभर सञ्चालनमा ल्याइएका यी शिक्षालयमा अध्यापन गराउने प्रशिक्षक वा शिक्षक करारमा राखिने गरिएको छ । करारमा राखिएको जनशक्तिले आफ्नो भविष्य अन्धकार देख्न थालेपछि विदेश पलायन हुने वा अन्य वैकल्पिक व्यावसाय अपनाउने गरिरहेका छन् । यसले गर्दा एक त दक्ष जनशक्ति सम्बन्धित फाँटमा ढुक्क भएर काम गर्न सकिरहेको छैनन् भने अर्कोतिर दक्ष जनशक्ति निर्माण हुने र गरिने आशा र अपेक्षा विद्यार्थीमा मर्दै जान थालेको देखिन्छ । करारमा नियुक्त प्राविधिक प्रशिक्षक उचित पारिश्रमिक र सापेक्ष स्थायित्वको अभावमा त्योभन्दा राम्रो अवसर खोजेर पेसा नै बदल्न थालेका छन् । तर, यस्तो अवस्थामा देशभर प्राविधिक शिक्षालय खोलेर मनग्यै आम्दानी गरिरहेको परिषद्ले भने करारमा कार्यरत ती प्रशिक्षकलाई परीक्षा लिएर स्थायी बनाउन तथा प्राविधिक शिक्षालाई दीर्घकालीन बनाएर लैजान कुनै पनि योजना बनाएको देखिँदैन ।

देशका लागि आवश्यक प्राविधिक जनशक्ति निर्माणमा परिषद् आफंैले ध्यान त दिएन नै स्वयं त्यसलाई अनुमति दिने सरकारले पनि यी कुराहरूको कुनै अनुगमन र लेखाजोखासमेत गरेको छैन । यसको दीर्घकालीन घाटा र प्रभावमा सिंगो देश नै पर्ने देखिँदा पनि यस’bout राष्ट्रिय चासोसम्म व्यक्त नगरिनु हदैसम्मको लापर्बाही हो । परिषद् अस्तित्वमा आइसकेपछि र यसले देशैभरको भूगोल तथा जनसंख्या लक्षित गरी आफ्नो कार्यथलो विस्तार गरिसकेपछि अब तत्कालीन सरकारले अपेक्षा गरेको र नियमन गरेको दायराले यसको वर्तमान विकसित वा विस्तृत कार्यक्षेत्र अनुगमन, नियमन र निरीक्षण नै सम्भव पनि देखिँदैन । यसका लागि सरकारले नयाँ नीति र कार्ययोजना ल्याउनु जरुरी भइसकेको छ । स्वयं परिषद्सँग पनि नयाँ सम्झौता वा अनुमतिपत्रको जरुरी भइसकेको छ । यो कुरा स्वयं परिषद्ले पनि अनुभूत गरिरहेको हुन सक्छ । तर, परिषद् पनि सरकारकहाँ यो समस्या लिएर आएको देखिँदैन । यसका पछाडि केही स्वार्थ र लुपहोलहरूले काम गरिरहेको हुन सक्छ । यसलाई मध्यनजर गरेर सम्बन्धित मन्त्रालय र विभागले समयमै उचित कदम चाल्नु जरुरी भएको देखिन्छ ।

अर्कोतिर सम्बन्धित संस्थाको स्थायित्व, प्राविधिक शिक्षामा गुणस्तरीयता, भविष्यमा आवश्यक प्राविधिक शक्तिको परिपूर्ति तथा देशको भविष्य आदिलाई जोडेर उक्त संस्थाको आन्तरिक सबलपनतिर ध्यान दिनु उत्तिकै जरुरी छ । यसका लागि संस्था बलियो हुनु भनेको यसको शैक्षिक गुणस्तरीयता नै हो । शिक्षा दिने शिक्षक वा प्रशिक्षकको अवस्था, उनीहरूको शैक्षिक हैसियत, दिने शिक्षा र विद्यार्थीको शैक्षिक सन्तुष्टि आदिलाई ध्यान दिनु जरुरी छ । शिक्षक नै स्थायी भएनन् भने ती संस्थाले कस्तो खालको सेवा प्रवाह गर्ला ? यसका लागि स्थायी कर्मचारीका रूपमा पाउने उपदान, बिमा, औषधि उपचारलगायतका सुविधा तथा पेसाको ग्यारेन्टी हुनु पहिलो आवश्यकता हो । तर, शिक्षक करारमा नियुक्त गरिएका छन् र न्यूनतम तलबमा दिन गुजारा गरिरहेका छन् । अहिलेसम्म परिषद्को धारणा भनेको तदर्थ रहेको छ तर संस्था भने स्थायी रूपमा देशभर सञ्चालन गरिरहेको छ । परिषद्ले स्थायी कर्मचारी नियुक्त नगर्ने र सीप सिकाउने वा ज्ञान दिन सक्नेलाई करार नियुक्त गरे पुग्छ भन्ने सोच रहेको देखिन्छ । यसले देश डुबाउन बेर लगाउने छैन । त्यसैले प्राविधिक शिक्षाका लागि विषय विशेषज्ञ नियुक्त गरी नियुक्त सबै शिक्षकलाई परीक्षा लिएर स्थायी गर्ने व्यवस्था मिलाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 535 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि