बाहिरी चलखेलबाट देस बचाउन संसद विघटन : विष्णु पौडेल

वीरगन्ज । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का महासचिव विष्णु पौडेलले प्रदेश २ का ओली समूहका अगुवा नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिएका छन् । ओली समूहको नेकपा प्रदेश नं.२ स्तरीय अगुवा नेता कार्यकर्ता भेलामा उनले यस्तो निर्देशन दिएका हुन् ।

ओली समूहको नेकपाको प्रदेश स्तरीय भेला बुधबार वीरगन्जमा सम्पन्न भएको छ । यो भेलाको प्रमुद अतिथि समेत रहेका नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री पौडेलले विधिसंवत तरिकाले संसद विघठन भएको दावी गरे । सरकारले गरेका राम्रो कामलाई देखिसहन नसक्ने केही विग्रहकारी र विनासकारीको उच्छृंखलता र बाहिरी चलखेलबाट देश, जनता र संविधानलाई बचाउन जनताको अदालतमा जानु परेको उनको भनाई थियो । बहुमत संसद सदस्यको नेतृत्वकर्ता प्रधानमन्त्रीले संसद विघठन गरी निर्वाचनको मिति तोकिसकिएको अवस्थामा निर्वाचन नहुने भन्ने प्रश्न नभएको उनले जिकिर गरे ।
‘आफै निर्णायक तहमा भएका व्यक्तिहरु पार्टी फुटाएर बाहिर गई संसद पुनस्र्थापना गर भन्नु विग्रह र विनासकारी हुनु हो । यो विनासकारी गलत बाटोमा जानुको कुनै तुक छैन ।’ उनले भने पार्टी फुटाएर बाहिर भविष्य खोज्नेले बहुमतको पार्टी भित्र नै रहेर कुण्ठाको आरोप पत्र फिर्ता लिदै आफ्ना गल्ती सच्याए पार्टी भित्रबाटै उहाँहरुको भविष्य सुरक्षित हुने पौडेलले बताए ।
‘आमाको दुध खाँदा नभएर बुबाको घुँडा चुस्नुको अर्थ नहुने भन्दै पौडेलले भने ‘ओली सरकारले देशी विदेशीसँग नझुकी इतिकास रच्न गरेका राम्रा कामलाई जनतासम्म लाने र जनताले दिएको सुझाव तथा सरकारका नराम्रा काम राम्रो गरौं भनी सरकारलाई कहिले सुझाव दिइएन ।’ केवल आफ्नो पद र स्वार्थ कुरा बाहेक अरु कुरा कहिले नगरी अरुलाई हदैसम्मको आरोप लगाउनु विग्रहकारी र विनासकारी भएको उनको दावी थियो ।

पुष्पकमल दहाल प्रचण्ड र माधव नेपाल तर्फ लक्षित गर्दै उनले संसद पुनस्र्थापना भन्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए । अदालतमा पुगेको बिषयमा सडकमा चर्का नारा लगाउँदै आन्दोलन गर्नुको कुनै अर्थ नभएको बताए । ‘उच्छृंखलता त्यागेर गल्ती सच्याउँदै आए अझै पनि पार्टीले साविकका पद सुरक्षित राखिदिएको छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम