मुख्यमन्त्रीद्धय गुरुङ र पोखरेललाई कार्वाही

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गुरुङ र पोखरेल प्रदेश ४ र ५ का मुख्यमन्त्री समेत हुन् ।

पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो