प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट सुनवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ गर्दैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ आजबाट हुन लागेको हो ।

सर्वोच्चले निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि यसको अन्तरिम आदेश आउन करिब एक महिना लाग्न सक्ने अनुमान गरिएको छ । ’cause संवैधानिक इजलास बुधबार र शुक्रबार सातामा दुई पटक मात्र बस्नेछ ।

गत १० पुसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले २२ पुसदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सोही दिनको आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेश गरिसकेका छन् । आजदेखि दुवै पक्षको बहस शुरु हुनेछ ।

आदेशअनुसार नेपाल बारले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता संग्रौलालाई पठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन