काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन भएदेखि केही नबोली मौन रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले बिहीबार बल्ल आफ्नो धारणा व्यक्त गरेका छन् । राष्ट्रिय सभा बैठकमा बिहीबार पहिलो पटक बोलेका उनले अध्यक्ष तथा प्रधानमन्त्रीले चालेको कदम सही नभएको र अर्को अध्यक्षले गरेको काम पनि आफूलाई ठीक नलागेको बताएका हुन् ।
राजनीतिक रूपमा पार्टीभित्र दुइटा समूह देखिए पनि आफू कतै पनि नलागेको उपाध्यक्ष गौतमले बताए । उनले आफू दुई समूहमा बाँडिएकालाई जुटाउन लागिपरेको बताए । ‘आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन ’cause मैले विचार गरें, तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुप¥या थियो ?’ उनले भने, ‘पार्टीभित्र अन्तर्विरोध हुन्छन्, समस्या हल गर्ने नै नेता हुन्छ ।’
नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित देखिए पनि कानुनी रूपमा भने कस्तो निर्णय आउने हो भनी अन्योल रहेको बताए । ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नेकपा आफ्नो हो भनेर मुद्दा हालेकाले नेकपा कसको हुने भन्ने पनि अदालतबाट टुंगिन बाँकी रहेको बताए ।
पार्टी अहिलेको अवस्थामा आइपुग्नुमा नेकपाका दुवै पक्षका नेताको कमजोरी देखेको गौतमले बताए । ‘म त फेरि पनि एकता गर्न सकिन्छ कि भनेर लागिरहेको छु,’ उनले भने, ‘एक्लै सकिन्नँ कि भनेर संगठन नै बनाएर लागेको छु ।’ ५ पुसपछि नेकपा दुई समूहमा क्रियाशील छ । ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदम संवैधानिक वा असंवैधानिक भन्ने’bout अदालतमा मुद्दा रहेको भन्दै उनले केही बोल्न चाहेनन् ।
पछिल्लो समय नेकपाका नेता एकले अर्कोलाई गाली गरेको देखेर आफूलाई लाज लागिरहेको उनले बताए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाने र प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने दुवै विषय आफूलाई जानकारी नदिइएको बताए । अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएर पार्टीलाई बचाउनुपर्ने उनले बताए ।
‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन् । उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो । उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु । एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला । कठिन परिस्थितिमा एक ठाउँमा छौं । तर प्रतिनिधिसभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन ।’
प्रधानमन्त्री ओलीले आफूलाई बर्खास्त गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने भनेको उल्लेख गर्दै उनले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो । अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने ।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको बताए । ‘आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाइरहेको थिएँ । मैले अविश्वास प्रस्तावलाई असफल गरेको थिएँ । सामेल हुन सक्दिन भनेको थिएँ,’ उनले भने, ‘पार्टीमा आरोप प्रत्यारोप पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन सक्छ भनेर राखेको थिएँ । अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन । ५ पुसमा अविश्वास प्रस्ताव जान्छ भनेर मलाई जानकारी दिइएन ।’
उनले संसद् विघटनलाई समर्थन नगरेको र असंवैधानिक कदम भनेको बताए । यद्यपि आफू फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको भन्दै गौतमले भने, ‘एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा छु ।’ तर दुवै समूहका मुख्य नेता नै समाजवादी सभ्यता निर्माण गर्छौं भन्ने नै लाज लाग्ने गरी प्रस्तुत गएको गौतमले बताए ।
सांसद रामनारायण बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञसँग परामर्श गरी प्रतिनिधिसभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको बताए । राष्ट्रियता, संघीयता, एकता तथा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई समेत संसारका अगाडि लज्जित बनाउने कार्य गरिएको उनले बताए । संसद् विघटनले राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान उपहार पठाएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत प्रधानमन्त्री ओलीलाई उनले बिहीबार संविधान उपहार पठाए । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार संविधानमा नरहेको पनि बताए ।
‘संविधान नेपालीमा लेखेको छ । प्रधानमन्त्रीले नेपालीमा पढ्न नजाने अंग्रेजीमा पनि छ सल्लाहकारले हेरे हुन्छ,’ उनले भने, ‘मध्यावधि निर्वाचन गर्न मिल्दैन ।’