काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ ।
शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको दाहाल–नेपाल समुहका कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको सहभागी एक कार्यकर्ताले बताए । अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)






