धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल (प्रचण्ड–माधव समूह) ले देश र जनताको विकास भन्दा आफन्तलाई कसरी राज्यको उच्च ओहोदामा जिम्मेवारी दिनेतर्फ मात्र ध्यान दिने गरेको बताएका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवको छोराछोरी, दाजुभाइ, बुहारी तथा सम्धीसम्धीनीलगायतका आफन्तलाई कसरी राज्यका उच्च तहमा नियुक्त गर्न मात्र विशेष ध्यान दिई देश र जनतालाई धोका दिएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले शुक्रबार धनगढीमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै आफूले अहिलेसम्म कुनै एकजना आफन्तलाई प्रचण्ड–माधवले जस्तै पदीय जिम्मेवारी दिएको देखाउन चुनौति समेत दिए । सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई लाटोकोसेरको संज्ञा दिँदै अगाडी भने– ‘जसरी लाटोकोसेरो अँध्यारोमा मात्रै उड्न सक्छ । झलल घाम लाग्यो भने टिक्नै सक्दैन । त्यसैगरी प्रचण्ड–माधव समूह पनि अँध्यारोमा चर्ने, खाने बानी परेकाले घाम लागेपछि अत्तालिने गरेको र अब देशमा चेतनाको ज्योति छरेर अन्धकार हटाइन्छ ।’
केहीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला गरिरहेका छन् । अब संसद कुनै हालतमा पुनःस्थापना नहुने बताउँदै प्रचण्डहरू पार्टी बैठकमा नआएर हामी यहाँ छौं भनेर सडक, निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेर चुनावबिरोधी षडयन्त्र गरिरहेको प्रधानमन्त्रीले आरोप लगाए । प्रधानमन्त्री ओलीले आगामी चुनावबाट आफू नेतृत्वको पार्टीले दुई तिहाई बहुमत ल्याएर काम गरेर देखाउने बताउँदै प्रचण्ड–माधव समूहलाई देशभरी १० सिट जितेर देखाउन चुनौति दिए ।
एक फरक प्रसंगमा प्रधामन्त्री ओलीले प्रचण्ड–माधव भन्दा आफू राजनीतिमा सिनियर भएको बताउँदै भने– ‘म २०२२ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेँ उहाँ (माधव नेपाल) लाई महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा भेट हुँदा कम्युनिष्ट आन्दोलन ’bout बुझाएप्छि २०३२ सालबाट उहाँ कम्युनिष्ट आन्दोलनमा लागेको हुँ ।’
त्यसैगरी उनले प्रचण्डले पनि तीनवटा भोटो पहिले फटाएको भनेर गरेको दाबी व्यर्थ भएको बताए । केही काम लाग्छन् किन भनेर प्रचणडलाई पनि पार्टीमा ल्याएको बताए । भने– ‘२०३८ सालमा उहाँ गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो, म त्यो बेला आठ वर्षदेखि जेलमा परिसकेको थिएँ । म २०२५ सालमा सुस्ता महेशपुरमा आन्दोलन गर्दै थिएँ । तीनवटा भोटो फटाएँ भन्नेले मैले पञ्चायतविरोधी आन्दोलन गरिरहँदा राजनीति सुनेकै थिएन । त्यो बेला उहाँ पढाउनुहुन्थ्यो । अलिक चाहिने सुहाउने कुरा गर्नुपर्छ नि !’
प्रधानमन्त्रीको स्वागतमा गएनन्, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री
धनगढीमा हुने सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता भएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिहं ओलीले मुख्यमन्त्रीज्यू प्रधानमन्त्रीको स्वागतमा नगएको बताए ।
यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो । प्रधानमन्त्री ओली आफैले प्रतिनिधिसभा विघटन गराएपछि पहिलो पटक धनगढी आएका हुन् । तर उनको प्रतिनिधिसभा विघटनको कदम’bout नेकपाको प्रचण्ड–माधव समूहले कडा विरोधमा छ ।
प्रचण्ड–माधव समूह अन्तरगतका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नगएको जनाएको छ । त्यस्तै, जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रम’bout कुनै जानकारी नगराएको बताइएको छ ।
जनसभा आयोजना गर्नका लागि नेकपा ओली समुहले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको छ । तर, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीलाई स्वागतमा नगएको जनाएको छ ।






