अन्ततः उपचारका क्रममा सायराको मृत्यु

सांकेतिक तस्वीर

वीरगन्ज । गएको फागुन ४ गते आइतबार बिहान आगो ताप्दा जलेर सख्त घाइते सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५,की सायरा आफैले बालेको आगोको घुर ताप्ने क्रममा जलेरसख्त घाइते भएकी थिइन् । उनको आर्थिक अभावका कारण समयमा उपचार हुँन नसक्दा मृत्यु भएको छ ।


एम्बुलेन्स खर्चदेखि सबै खर्च चन्दा संकलन गर्दै काठमाण्डौको किर्तिपुरमा रहेको अस्पतालमा उपचार गराइ रहेको समयमा आज उनको मृत्यु भएको सायराका श्रीमान रजाक मियाले बताए । सायराको गएको फागुन ४ गते बिहान आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरिरको धेरै भाग जलेको थियो उनले भने । आर्थिक अभावका कारण घाइते श्रीमतीलाई दुईघण्टा सम्म पनि अस्पताल लान सकिन स्थानीय ताराचन्द पण्डितको सहायताले ढिलो गरी वीरगन्जको नारायणी अस्पतालसम्म पु¥याएको थियो ।

यहाँ उपचार हुन नसकेपछि सायरालाई स्थानीय दाताहरुको सहयोगमा अर्को दिन काठमाण्डौको किर्तिपुरमा उपचार गर्न ल्याएको थियो उनले भने । सायरा चार बर्षदेखि बिरामी पनि थिइन । त्यसैले जिउमा सल्केको आगो निभाउन र भाग्न पनि सकिन मियाले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु